ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एथ्लेटीको म्याड्रिडले नेपाली फुटबलको विकासमा सहयोग गर्ने


admin
कार्तिक ४, २०७५ आईतबार   ११ : ३८   बजे

काठमाडौं,४ कात्तिक ।  स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ ।

विश्वभर अन्तर्राष्ट्रिय सामाजिक विद्यालयहरू बनाएर फाउन्डेशनमार्फत सहयोग गर्दै आएको एथ्लेटीको म्याड्रिडले गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्ट अध्यक्ष रहेको बिबी ट्रस्टमार्फत चन्द्रागिरि नगरपालिकामा रहेको वेष्ट काठमाडौं फुटबल क्लबलाई सहयोग गर्ने भएको हो ।

क्लबका इन्टरनेशनल एक्सपान्सन एण्ड एकेडेमी म्यानेजर फर्नाण्डो लोपेज र गैरआवासीय नेपाली सङ्घका अध्यक्ष एवं बिबी ट्रष्टका अध्यक्ष भट्टबीच सहयोगसम्बन्धी दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

सम्झौताअनुसार क्लबले काठमाडौँ फुटबलको क्लबलाई आर्थिक तथा खेल सामग्री सहयोग गर्नेछ ।

अध्यक्ष भट्टले सम्झौताले नेपाली फुटबलमा नयाँ आयाम कोर्न सफल भएको बताउनुभयो ।

“स्पेनिस क्लबहरूले विश्वका विभिन्न मुलुकमा आफ्ना फाउन्डेशनमार्फत सहयोग मात्र गरेका छैन, खेलाडीहरूलाई अवसर पनि दिएका छन् । त्यसैले यो नेपाल र क्षमतावान् नेपाली खेलाडीहरूका लागि पनि ठूलो अवसर हो”, उहाँले भन्नुभयो ।

एथ्लेटीको म्याड्रिडका बजार प्रबन्धक लिपेजले यो क्लबको शुरुवाती सहयोग मात्र रहेको र पछिल्ला दिनमा यसको दायरा फराकिलो पार्दै लैजाने बताउनुभयो ।

“यस्तो सहयोगका लागि क्लबले आफ्नो कूल बजेटको एक प्रतिशत रकम छुट्याउने गरेको छ । अहिले पोर्चुगल, निकारागुआ, मोरक्को, भारत, हाइटीलगायत स्पेनमा नै ११ वटा सामाजिक विद्यालयमा सहयोग क्लबले सहयोग गरिरहेको छ,” उहाँले भन्नुभयो ।

नेपाल र स्पेनको फुटबललाई जोड्ने अभियानमा सक्रिय रूपमा लागिपरेका एनआरएनए युरोप क्षेत्रका उपसंयोजक एकराज गिरीले शुरुवातमा क्लबलाई खेल सामग्री र डाइट तथा जर्सी सहयोग हुने र पछिपछि सहयोका क्षेत्र वृद्धि हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

सम्बन्धित

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

विश्वकप २०२६ : इन्जुरी समयमा यिरेन्कीको गोल, घानाले पानामामाथि १–० को नाटकीय जित

योआने विस्साले पोर्चुगललाई रोके, डीआर कंगोले ५२ वर्षपछि विश्वकपमा ऐतिहासिक पहिलो अंक जित्यो

केनको दोहोरो प्रहार, बेलिङ्घमको जादु र रासफोर्डको अन्तिम चोट — क्रोएसियामाथि इंग्ल्यान्डको ४–२ को रोमाञ्चक जित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group