ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भन्सार पुनःस्थापना नहुँदा तिब्बतको व्यापार ठप्प


admin
कार्तिक ३, २०७५ शनिबार  ३ : ३७ बजे

दार्चुला, ३ कात्तिक । हामी सरकारलाई राजस्व तिर्न तयार छौँ, तर सरकार राजस्व लिन तयार छैन्, यो भनाइ हो दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाको ।

विगतमा दार्चुलाका व्यापारीले तिब्बतबाट सिधै सामान आयात गरी सदरमुकाम खलङगामा व्यापार गर्दै आएका थिए । तर पछिल्लो समय तिब्बतको व्यापार शुन्य छ ।
तिब्बतबाट आउने सामान ल्याउनको लागि नेपालतिर न बाटो छ न द्वन्द्वकालमा विस्थापित भएका भन्सार कार्यालय नै पुनःस्थापना हुनसकेको छ । सामान ल्याउने बाटो पूरै अवरुद्ध छ । पाँच छ वर्षयता नेपाली व्यापारीले तिब्बतबाट सामान ल्याउन पाएका छैनन्, व्यापारी गणेश बडुले भन्नुभयो । केही वर्ष भारतीय बाटो भएर सामान ढुवानी गरियो ।

तर भन्सार निकै महंगो हुनथालेपछि तिब्बती सामान ल्याउन छोडिएको छ । भारतीय व्यापारीले पनि अहिले सडक विस्तारका कारण सामान चीनबाट आयात गर्न सकेका छैनन् । सुरक्षाको कारण देखाउदै द्वन्द्वकालमा विस्थापित भएका दार्चुलाका त्रिदेशीय सीमामा रहेको सितापुल तिंकर छोटी भन्सार, दत्तु र जौलजिवी भन्सार हालसम्म पुनःस्थापना गरिएको छैन् ।

त्रिदेशीय सीमा तिंकरसँग भारतीय बजार र चीनको स्वसाशित क्षेत्र तिब्बत जोडिएको छ । यो नाकाबाट विगतमा राम्रै व्यापारिक सामान आयात–निर्यात हुने गरेको थियो, उद्योग वाणिज्य संघका अध्यक्ष ठगुन्नाले भन्नुभयो ।

हामी तिब्बतबाट जुत्ता, ज्याकेट, कम्बल, भेडा च्याङ्ग्रा आयात गर्ने गरेका थियौ । तर पछिल्लो समय नेपालतिरको बाटो नै अवरुद्ध भएपछि सबै व्यापार ठप्प छ ।

दार्चुलाको यार्सागुम्बा सिधै तिब्बत चीन निर्यात हुने गरेको थियो । तर भन्सार नहुँदा अहिले नेपालले करौडाँै राजस्व गुमाउनु परेको छ । हामीले राजस्व तिर्ने चाहना हुँदाहुँदै पनि सरकारले भन्सार स्थापना र सडक निर्माणमा ध्यान नदिएको उहाँको भनाइ छ ।

तिब्बतबाट आयात–निर्यात हुने वस्तुको भन्सार उठाउन नसक्दा वर्षेनी राज्यले राजस्व गुमाउनु परेको छ । तस्करको मुख्य मार्गको रुपमा रहेको सो क्षेत्रमा राज्यको उपस्थिति कमजोर हुँदा राजस्व संकलनमा न्यून हुँदै गएको छ । भन्सार पुनःस्थापना हुने वित्तिकै राज्यले सुरक्षा उपस्थित गराउन सक्छ तर यो कार्यमा राज्यले चासो नलिएको व्यापारी बडु बताउनुहुन्छ ।

अहिले तिंकरमा राज्यको नियमित उपस्थितिको रुपमा नेपाल प्रहरी मात्रै छ । सीमित स्रोत साधनका बीच नेपाल प्रहरी बसेपनि भन्सार राजस्व संकलन गर्न सक्ने अवस्थामा छैन् । व्यास क्षेत्रमा बसोबास गर्ने व्यासीहरुको लागि अधिकांश सामान अहिले पनि तिब्बतबाटै आयात हुने गरेको छ ।

खलंगामा केही व्यापारीले सोहि नाका भएर अवैधरुपमा सामान भित्र्याएर कारोबार गर्ने गरेका छन् । स्थानीयको उपस्थिति नभएको बेला तस्करको लागि तिब्बत सामान ढुवानीमा सजिलो नाका यही हो ।

उक्त नाका भएर आयातनिर्यात गरिने केहि वैध वस्तुको छोटी भन्सार कार्यालय खलंगाबाटै भन्सार चेकपास गर्नुपर्ने बाध्यता रहेको छोटी भन्सार कार्यालयले जनाएको छ । नेपाल–भारत सीमा नाका सितापुलमा छोटी भन्सार नहुँदा प्रहरीले मात्रै चेकजाँच गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

सम्बन्धित

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

प्रजातन्त्र दिवसमा एमाले अध्यक्ष ओलीको सन्देश– तीन जिम्मेवारी बोध गर्दै अघि बढौँ

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ : पूर्वराजा शाह

हिजो बन्दुक बोकेर आएको थिएँ, आज मतपत्र बोकेर आएको छु: प्रचण्ड

भोजपुरमा सेना सवार बस दुर्घटना, २४ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com