ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बडादशैँले छुँदैन–मालढुङ्गाका माझी परिवारलाई


admin

पर्वत, २ कात्तिक । नेपालीहरुको महान् पर्व बडादशैँ घर आँगनमै भित्रिइसकेको छ । शहर बजार जताततै बडादशैँले छपक्कै छोपेको छ । दैनिकजसो खसीबोका, च्याङ्ग्रा काट्ने, मीठो मसिनो खाने र शुभकामना आदानप्रदान गर्ने कार्यक्रमले भ्याइनभ्याइ छ । तर, यहाँको माझी बस्तीकी चन्द्रकुमारी माझीलाई भने दशैँको वास्ता भएको देखिँदैन ।

शुक्रबारको टीकाको दिन विभिन्न तयारी गर्नुपर्ने भए पनि बस्तीभरिका महिला पुरुष कालीगण्डकी किनारमा बालुवा निकाल्न व्यस्त छन् ।“सधैँ एकनासले दिनभर बालुवा नउठाए भोकै भइन्छ”, चन्द्रकुमारीले भन्नुभयो, “हाम्रा लागि वर्षभरिका सबै दिन उस्तै हुन्, फुर्सद र धन भए पो चाडबाड ।”

पोखरा–बागलुङ राजमार्गअन्तर्गत कुश्मा–१ पाङमा पर्ने कालीगण्डकी किनारमा करीब १५० परिवारको बस्ती छ । पोखरा–बागलुङ सडक निर्माणका क्रममा २०४८ सालतिर धादिङ, गोरखा र तनहुँलगायतबाट आएका मजदूरहरू यही छाप्रा बनाएर बसेका हुन् ।

तर, उनीहरूसँग घरबास गरेका ठाउँको न लालपूर्जा छ, न त काम नचलेका दिनको गाँसको ठेगान । राजमार्गको काम गर्दै यहाँसम्म आइपुगेपछि स्थायी बसोबास गरेकाहरू सडकको काम सकिएपछि बेरोजगारजस्तै बने ।

नियमित आम्दानीको स्रोत नभएपछि नजिकैको कालीगण्डकी किनारमा बालुवा निकाल्ने र गिट्टी कुटेर जीविका गर्नुको विकल्प नभएको उनीहरू बताउँछन् । यहाँका करीब १५० मध्ये अधिकांश परिवार यही पेशामा छन् । वर्षाका बेला कालीगण्डकीको भेलले बगाउने बालुवा किनारमा थुपारेर हिउँदभर बेच्ने मुख्य पेशा हो । त्यसबाहेक गिट्टी कुटेर पनि बिक्री गर्छन् ।

“बर्खामा नदीमा बाढी आउँदा बालुवा निकाल्नै सकिन्नँ”, स्थानीय कला माझीले भन्नुभयो, “धेरै दिन बाढी आए भोकभोकै बस्ने हो ।” यो बस्तीमा सयजनाको हाराहारीमा महिला छन् । उनीहरूमध्ये ७० भन्दा बढी महिला बिहानैदेखि दिनभर बालुवा निकालेर किनारमा थुपार्छन् । केहीले भने बङ्गुर र कुखुरा पालेका छन् ।

कुश्मा, बागलुङ र बेनीका निर्माण व्यवसायीले यिनीहरूबाट प्रतिट्र्याक्टर रु दुई हजार २०० देखि रु दुई हजार ७०० मा बालुवा खरिद गर्छन् ।

व्यवसायीले किनेको बालुवा बजारमा रु पाँचदेखि छ हजारमा बिक्री गर्छन् । “हाम्रो पसिनामा पनि कमिसन खान्छन”, बालुवा निकाल्दै गरेकी प्रमिला गुरुङले भन्नुभयो, “ठेकदारले नाफा बढी लिँदा दुःख खेर गएको छ ।”

बालुवा बिक्रीमा व्यवसायीले लगाएको एकाधिकार ‘सिन्डिकेट’कै कारण श्रमिकले सिधै बिक्री गर्न पाउँदैनन् । यहाँका अधिकांश पुरुष निर्माण मजदूर तथा ट्र्याक्टरमा काम गर्छन् । केही खाडी मुलुकमा वैदेशिक रोजगारीमा छन् । विपन्न र गरीबीका कारण बालबालिकालाई राम्रो शिक्षा दिन सकेका छैनन् ।

विसं २०६३ मा निर्मित स्थानीय विद्यालयमा ३ कक्षामाथि पढाइ हुँदैन । मुस्किलले ३ कक्षा पढेपछि उपल्लो कक्षा पढ्न बागलुङ सदरमुकाम पुग्नुपर्छ । त्यहाँसम्म पुग्न एकतर्फी बस भाडा रु १० लाग्छ । दैनिक आउजाउ गर्दा रु २० । बसभाडा तिर्ने पैसाकै अभावमा ३ कक्षापछि अधिकांशले छोराछोरी विद्यालय पठाउँदैनन् ।

बस्तीमाथिको ढिस्को खसेर बेलाबेला भएको बास पनि तहसनहस पार्छ । दुई वर्षअघि खसेको पहिरोले यहाँका नौ वटा छाप्रा पुरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना, दुई डीएसपीसहित ५ जना घाइते

रुकुम २८ साउन, । रुकुम (पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी

मुलुकलाई काँग्रेस र कम्युनिष्टको चक्रब्यूहबाट बाहिर निकाल्नुपर्छ : राजेन्द्र लिङ्देन

२८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई काँग्रेस र कम्युनिष्टको चक्रब्यूहबाट बाहिर निकाल्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा

भरपुर मनोरञ्जन दिने संसदभित्रका दृश्य (फोटोफिचर)

काठमाडौं, २८ साउन । संसदीय मर्यादालाई संसारभर उच्च गरिमाका साथ हेरिन्छ । सासंदहरुले अमर्यादित क्रियाकलाप गर्नुलाई देशकै लज्जाको विषय मानिन्छ । यस्ता क्रियाकलापले संसदीय मर्यादाको

सम्बन्धित

गोसाइँकुण्डबाट फर्कनेक्रममा लेक लागेर बेहोस भएका तीन जनाको सकुशल उद्धार

मुग्लिन नजिकै त्रिशूलीमा ट्रक खस्यो

गडरीया दम्पतीको हत्यामा अर्का युवापनि सामेल भएको खुलास

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था सुधारोन्मुख

छोरीको प्रेमीलाई घरमै बोलाएर बाबुले गरे कुटपिट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...