ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई दशकदेखि खोलाको पानी पिउन बाध्य


admin

 भीमदत्तनगर, २ कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटाका पदमसिंह धामी विगत दुई दशकअघिदेखि घरभन्दा एक किलोमिटर पैदलयात्रा गरेर घरमा खानेपानी ल्याउने गर्नुहुन्छ ।

विसं २०५८ मा यहाँ बसोबास गर्दै आउनुभका धामीले लामो समय बित्दा आफूले अझै पनि सहजरुपमा गाउँमा पानी नपाएको गुनासो गर्नुभयो ।

“यतिका वर्षसम्म हामीले खोलाको दूषित पानीले प्यास मेटाउँदै छौँ भन्दा सहजै पत्याउनु हुन्न होला” धामीले भन्नुभयो, “खोला सुक्दा पानीको समस्या हुन्छ । दैनिक घरमा एक जनाको समय पानी ढुवानीमै खर्च हुन्छ । ”

“अब त सिंहदरबार नै गाउँमा आएको छ भन्थे ।” धामीले भन्नुभयो, “यहाँ त सामान्य मौलिक अधिकारको पनि उपभोग गर्न पाएका छैनौँ ।” पूर्व–पश्चिम राजमार्गदेखि करीब आठ किलोमिटर उत्तरमा रहेको उक्त गाउँमा पानी मात्रै होइन, त्यहाँ शिक्षा, स्वास्थ्य, सडक, बिजुलीको सुविधा पनि छैन ।

निर्वाचनका बेला विभिन्न दलका नेताको देशलाई नै समृद्ध बनाउने नारा र आश्वसान धेरै सुन्यौँ । धामीले भन्नुभयो, “तर हामीलाई हिँड्ने गोरेटो बाटोसम्म सरकारले बनाइदिएको छैन ।” “शहरको विकास देखेर समृद्धिको गफ दिएर केही हँुदैन ।”

चार सयभन्दा बढी परिवार आश्रित पिल्लरीफाँटामा सरकारी उपस्थितिका नाममा एउटा प्राथमिक विद्यालय मात्रै छ । गाउँमा पानीको समस्या भएपछि संयुक्त दर्शन नेपाल नामक संस्थाले बोरिङ र सानो ट्याङ्की बनाउन सहयोग गरेको थियो ।

उक्त संस्थाको रु १७ लाख सहयोग र स्थानीयवासीको रु पाँच लाख श्रमदानमा खानेपानीको ट्याङ्की निर्माण भएको छ । धामीले भन्नुभयो, “स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्षभन्दा बढी समय भइसक्दासमेत गाउँमा केही सहयोग भएको छैन ।”

“पानी तान्नसमेत जेनेरेटर चलाएको प्रतियुनिट रु ३० रु तिर्नुपर्ने भएकाले यसका लागि सोलार जडान गर्न वडा कार्यालयसंग गुहार मागेका छौँ ।” वैजनाथ खानेपानी उपभोक्ता समितिका सचिव मोहनप्रसाद भट्टले भन्नुभयो, “त्यै खोलाको पिउँदा विभिन्न प्रकारका रोग समेत लाग्ने गरेको छ ।

” बोरिङबाट पानी तान्ने व्यवस्था भए पनि प्राविधिक कारणले विभिन्न समस्या आउने गरेको र बस्तीको १५० परिवारलाई मात्र पानी पु¥याउन सकिएको उहाँको भनाइ थियो ।

निर्वाचनका बेला गाउँमा पुगेर नेताले खानेपानी, सिचाँइ, बिजुली बत्ती पु¥याउनले प्रतिबद्धता व्यक्त गरे पनि केही नपाएको स्थानीयवासीको गुनासो छ । शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले जिल्ला खानेपानी कार्यालयबाट पिल्लरीफाँटामा खानेपानीका लागि सर्वेक्षण भइरहेको बताउनुभयो ।

“पिल्लरीफाँटामा खानेपानी पु¥याउने योजना बने पनि कार्यान्वयन हुन सकेको छैन ।” उहाँले भन्नुभयो, “नगरपालिकाले केही मात्रामा भए पनि सहयोग गरेको छ ।” चालू आवभित्रै पिल्लरीफाँटामा बत्ती पु¥याउने लक्ष्य नगरपालिकाले लिए पनि वन कार्यालयबाट प्रक्रिया मिलाउन अवरोध भइरहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com