काठमाडौं, २७ भदौं । नेपाल आयल यिनगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई घोटाला गरेको आरोपमा कारवाही गर्न आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाले आपूर्तिमन्त्री शिवकुमार मण्डललाई सिफारिस गर्नु भएको छ ।
इन्धन भण्डारण केन्द्र स्थापनाका लागि नेपाल आयल निगमको जमिन खरिद गर्दा करोडौं घोटाला भएको तथ्य सार्वजनिक भएपछि आपूर्ति मन्त्रायलेले देवकोटाको नेतृत्वमा अध्ययन समिति बनाएको छ । समितिले अध्ययनको क्रममा करोडौं घोटाला गरेको भेटिएपछि नियमका कार्यकारी निर्देशक खड्कालाई कारवाही गर्न सचिव देवकोटाले मन्त्रालयलाई सिफारीस गरेका हुन । 
संसदीय समितिहरुले समेत जग्गा खरिदमा अनियमिता भएको ठहर गर्दै दोषीलाई कारबाही गर्न निर्देशन दिइसकेका छन् । आयल निगमको कार्यकारी निर्देशक मन्त्रिपरिषदले नियुक्त गर्ने भएकाले कारवाही गर्ने अधिकार मन्त्रालयको हुन्छ । मन्त्रालयका सचिवको नेतृत्वमा बनेको छानविन समितिले नै कारवाही गर्न सिफारिस गरिसकेकाले आपूर्तिमन्त्री शिवकुमार मण्डल दवावमा परेका छन् ।
घोटाला भएको पुष्टी भए कारवाहीका लागि एक मिनेट पनि बाँकी नराख्ने बताउँदै आएका मन्त्री मण्डल अहिले भने चुपचाप बसेका छन् । तर, आवश्यक अध्ययन गरेर आज–भोली नै निर्णय दिने मन्त्री मण्डलले जानकारी दिएका छन् ।







प्रतिक्रिया दिनुहोस्