ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दमौलीमा हिन्दु महामिलन पर्व शुरु


admin
कार्तिक १, २०७५ बिहीबार  ३ : २१ बजे

दमौली, १ कात्तिक । वेदव्यासको जन्मभूमि दमौलीलाई विश्व माझ चिनाउने उद्देश्यले व्यास गुफा क्षेत्रमा आजदेखि विश्व ओमकार तथा हिन्दु महामिलन पर्व शुरु भएको छ ।

वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँको आयोजनामा शुरु सो पर्व कात्तिक ३० गतेसम्म चल्नेछ । पर्वको उद्घाटन गर्दै विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले सनातन हिन्दु धर्मको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

विभिन्न प्रलोभन दिएर धर्म परिवर्तन गराउने प्रयास भइरहेका उल्लेख गर्दै उहाँले धर्मको रक्षाका लागि सबै हिन्दु लाग्नुपर्ने बताउनुभयो ।

अध्यक्ष अधिकारीले वेदव्यासभूमिलाई हिन्दुको मूल थलो घोषणा गर्ने अभियानमा यो पर्वले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रियसभा सदस्य प्रकाश पन्थले सबै धर्मको मूल सार मानव कल्याण नै रहेको बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य डोवाटे विकले धार्मिक सांस्कृतिक पहिचान राख्न र वेदव्यासभूमिलाई पहिचान गराउनमा यो कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले यो पर्वले वेदव्यास भूमिको प्रचारप्रसार तथा संरक्षणमा सहयोग पु¥याउने धारणा व्यक्त गर्नुभयो ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले धर्मले समाज परिचालित गर्न सहयोग पुग्ने बताउँदै राजनीतिक सीमाभन्दा माथि धर्म, संस्कृति र नागरिक सम्बन्ध रहेको विचार व्यक्त गर्नुभयो ।

वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँका अध्यक्ष कृष्णकान्त काफ्लेको अध्यक्षतामा सम्पन्न समारोहमा व्यासका अध्येता काशीनाथ न्यौपाने, सन्तका तर्फबाट मस्त बाबा, लामा गुरुको तर्फबाट गुरु कारसन, योगी बलभद्रनाथलगायतले धर्मको विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

व्यास भूमिलाई पौराणिक, आध्यात्मिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले परिचित गराउन र धार्मिक पर्यटन प्रवद्र्धन टेवा पु¥याउने उद्दद्धेश्यले एक महिने महामिलन पर्व आयोजना गरिएको हो ।

गत वर्ष कात्तिक १ गतेदेखि १८ महिनासम्म अखण्ड हरिकिर्तन गरिएको यस ठाउँमा त्यसैको निरन्तरता स्वरुप अब प्रत्येक वर्ष कात्तिक महिनामा यो कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।

पर्वमा धर्मगुरु, सन्त, महन्त, विद्वान, बुद्धिजीवि एवं सम्पूर्ण ओमकार परिवारको उपस्थिति रहने प्रतिष्ठानका मूल संरक्षक शान्ति स्वरुपानन्द दामोदर बाबाले बताउनुभयो । पर्वका अवसरमा महर्षि वेदव्यासले रचना गरेको वेदको बारेमा समेत जानकारी गराइने उहाँले जानकारी दिनुभयो ।

पर्वका अवसरमा वैदिक सनातन विधिअनुसार हिरण्यगर्भ भगवानी श्रीशालिग्राम तथा पञ्चायन देवताको षोडशोपचारले पूजा, वेद विभिन्न पुराण, रुद्री, चण्डि आदिको पाठ, धर्म गुरुबाट दैनिक धार्मिक प्रवचन लगायतका कार्यक्रम सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपा कर्णालीकी संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक सभापति कांग्रेस प्रवेश

मध्यपूर्व संकटको असर नेपालमा: सात गन्तव्यका उडान रद्द, अर्थतन्त्रमा चिन्ता

सम्बन्धित

ओलीले भने– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ

चुनाव विथोल्ने आशंकामा फेरि दुर्गा प्रसाईँ पक्राउ

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीको आह्वान

इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com