ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विस्थापीत परिवारको मुहारमा खुसियाली छैन


admin

कञ्चनपुर, १ कात्तिक । दशैं पर्वको अवसरमा सबै क्षेत्रमा खुशी र उमंग छाएको छ तर कञ्चनपुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ढक्कामा शिविर बनाएर वर्षौदेखि पुनःस्थापनको आशामा बसेका निकुञ्ज विस्थापित परिवारको मुहारमा खुसियाली छाएको छैन ।

भारतमा मजदूरी गर्न गएका दशैं आउँदासमेत फर्केका छैनन् । शिविरमा बस्दै आएका विस्थापित परिवारलाई साँझ बिहानको छाक टार्नका लागि धौधौ छ ।

परिवारको खाना खर्च जुटाउन मजदूरी गर्नुपर्छ प्रेम बोहराले भन्नुभयो, “दशैं मनाउनका लागि खर्च चाहिन्छ, त्यो छैन ।” “परिवारलाई नयाँ लुगा हाल्ने र मिठो खानेकुरा खाने हाम्रो पनि चाहना छ तर पैसा नै छैन, कसरी दशैं मनाउने, पहिला जसरी बस्दै आएका थियौं, त्यसैगरी अहिले पनि बसेका छौं, दशैं आएपनि कुनै हर्ष छैन” उहाँले भन्नुभयो ।

सुख्खा याममा गर्मीको सास्ती, वर्षात्मा झोपडीमा पानी चुहिदा खाद्य सामग्रीसहित परिवार जोगाउन गाह्रो र हिउँदमा कठ्याङ्ग्रीदो जाडोमा जीउ जोगाउन नै मुस्किल छ शिविरमा बस्दै आएका चन्द्र सिंह ऐडीले भन्नुभयो, “चाड पर्व आएपनि न त कुनै हर्ष छ, नत कुनै दुःख नै छ ।” “आफ्नै देशमा शरणार्थीजस्तो बनेर बस्नुपरेको छ, आधारभूत सुविधाबाट समेत बञ्चित भएका छौँ”, उहाँले भन्नुभयो ।

शिविरमा खानेपानी, स्वास्थ्य, शिक्षा र स्थानीय निकायले दिइने सेवा सुविधाबाट समेत बञ्चित हुनुपरेको ऐडीको भनाइ छ । आरक्षले विस्थापनमा पारेपछि स्थानीय निकायमा सेवा सुविधा लिन जाँदा आफनो क्षेत्रभित्र नपरेको भन्दै सेवा दिनबाट बञ्चित गरेको छ जग्गु चौधरीले भन्नुभयो, “नेपाली नागरिक भएपनि नागरिकता बनाउन नसक्दा सरकारी सेवा सुविधाबाट बञ्चित हुनुपरेको छ ।”

“दैनिक मजदूरीसमेत यहाँ नपाइदा भारतीय शहरमा छ महिनासम्म काम गरेर पेट पाल्दै आएका छौं, चाड पर्व मनाउनका लागि पैसा चाहिन्छ, मजदूरी गरेर ल्याएको पैसाले साँझ विहानको छाक मात्रै टार्न ठिक हुन्छ”, चौधरीले भन्नुभयो, “फाटेकै कपडा लगाएर, दाल भात खाएर सामान्यरुपमा टिका टालो गरेर मात्रै भएपनि यस वर्षको दशैं मनाउने सोच छ ।”

मजदूरी गरेर साँझ बिहानको छाक टार्दै आएका विस्थापीत परिवारको स्वास्थ्य सेवामा पहुँच पुग्न नसक्दा उपचार नपाएर धेरैले ज्यान गुमाउनुपरेको छ । ज्वरो, निमोनिया, मलेरिया, चिसो र कुपोषणका कारण धेरै व्यक्तिको मृत्यु भइसकेको शिविरमा बस्दै आएका परिवारको भनाइ छ । आर्थिक अभावले विद्यालय पठाउनुभन्दा मजदूरीमा लग्नुपर्ने बाध्यता रहेकाले यहाँका बालबालिकाको भविष्यसमेत अन्धकार बन्दै गएको उहाँले बताउनुभयो ।

ढक्का बस्तीका १५ परिवारको खानेपानीका लागि एउटा नलको मात्र व्यवस्था छ भने तारापुरका सय परिवारका लागि दुई वटा नलको व्यवस्था गरिएको छ । नलको अभावले यहाँ खानेपानीको व्यवस्थापनका लागि स्थानीयवासीलाई दुई घण्टासम्म लाइनमा बस्नुपर्ने बाध्यता छ ।

निकुञ्जको जग्गामा अस्थायीरुपमा बस्दै आएका परिवारलाई तत्कालीन आरक्ष प्रशासनले डेढ दशक अघि तारापुर, भतपुरी, पडाव, हतिया, अण्डैया, पटिया, अर्जुनी र हिरापुरजस्ता विस्तारित क्षेत्रबाट विस्थापन गरेको थियो ।

विस्थापित परिवार पुनःस्थापनको आशामा विभिन्न शिविरमा कष्टकर जीवन विताउँदै आएका छन । शुक्लाफाँटा बन्यजन्तु आरक्ष विस्तारीत क्षेत्रबाट विस्थापनमा परेका परिवारको समस्या समाधान गर्नका लागि अढाई दर्जन बढी आयोग बने पनि समस्या समाधान हुन नसक्दा पीडा खेप्न बाध्य भएको आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले भन्नुभयो, “आयोगमा नियुक्त हुने व्यक्तिलाई राजनीतिक दलले तलव भत्ताखान र सुविधा उपयोगका लागि मात्रै राख्ने गरेकाले समस्या समाधान हुनसकेको छैन ।”

“समस्या समाधानका लागि अधिकार सम्पन्न आयोगको अपेक्षा गरेका छौं, क्षतिपूर्तिसहित बस्दै आएको जग्गा नापी गरेर पूर्नस्थापन गरिनु पर्दछ”, उहाँले भन्नुभयो ।

यसका लागि मापदण्ड बनाएर तत्काल पुनःस्थापनका कार्यक्रम अगाडि ल्याउनुपर्ने उहाँको भनाइ छ । विसं २०५८ सालमा आरक्षबाट दुई हजार४७३ परिवार विस्थापनमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com