ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्यो


admin

बाँके, १ कात्तिक । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ह्वात्तै बढ्यो । बाघ संरक्षणकै लागि स्थापना गरिएको निकुञ्जमा बाघ गणनाको पछिल्लो तथ्याङ्कअनुसार २१ बाघ पुगेका छन् । बाघको सङ्ख्या बढेसँगै बाघ संरक्षणमा चुनौती थपिएको छ ।

“बाघको सङ्ख्या बढ्नु निकै राम्रो हो”, बाँके राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले भन्नुभयो, “सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती थपिएको छ ।” उहाँका अनुसार बाघ संरक्षणका लागि आहारा प्रजातिका जनावरको वृद्धि हुनैपर्ने देखिन्छ ।

उहाँले भन्नुभयो, “बाघको सङ्ख्या जसरी बढिरहेको छ, त्यो अनुपातमा आहारा प्रजातिको सङ्ख्या बढेन भने संरक्षणमा ठूलो चुनौती देखिनेछ । त्यसैले पनि आहारा प्रजातिका जनावरको सङ्ख्या बढाउनु नै हाम्रो प्राथमिकता हो ।”

बाँकेमा सन् २००८(विसं २०६५तिर) देखि बाघ गणना शुरु भएको थियो । सो समयमा निकुञ्जमा बाघ दखिएको थिएन । सन् २०१३(विसं २०७०तिर) मा भएको दोस्रो बाघ गणनाका क्रममा चार बाघ देखिएका थिए । सन् २०१८(विसं २०७५तिर) मा भएको तेस्रो गणनानुसार झण्डै पाँच गुणाले बाघको सङ्ख्या वृद्धि भई २१ पुगेको हो ।

एउटा बाघले एक वर्षमा औसतमा ६० वटासम्म शिकार गर्छ भने एक पटकमा १५ देखि ४० किलोसम्म मासु खाने गर्छ जुन एक हप्तासम्मका लागि हुन्छ । “निकुञ्जमा बाघलाई पुग्ने आहारा भए पनि बाघको वृद्धिदरलाई हेर्ने हो भने आहारा प्रजातिका वन्यजन्तुको संरक्षण गर्नैपर्ने देखिएको छ”, प्रमुख संरक्षण अधिकृत पुनले भन्नुभयो ।
चोरी शिकारभन्दा पनि आहाराको कमीले बाघ संरक्षणमा चुनौती देखिएको छ । उहाँले भन्नुभयो, “निकुञ्जमा चोरी शिकार शून्यजस्तै छ तर वन्यजन्तु निकुञ्ज बाहिर निस्किँदा केही चुनौती रहे पनि हामीले सचेतनामूलक अभियान चलाएर न्यूनीकरणको प्रयास गरिरहेका छौँ ।”

चित्तल, चौका, बँदेल, रतुवालगायत आहारा प्रजातिको वन्यजन्तुको संरक्षण जरुरी रहेको उहाँको भनाइ छ । बाघ बढेसँगै तिनको सुरक्षा, निकुञ्जमा मानव प्रवेश नियन्त्रण, बाघको आहारा प्रजातिका वन्यजन्तुको सङ्ख्या थप वृद्धिलगायत चुनौती रहेको बाँके निकुञ्जले जनाएको छ ।

जलवायु संरक्षण अभियान नेपालका अध्यक्ष हेमन्तराज काफ्लेले बाघको सङ्ख्या बढेकामा खुशी व्यक्त गर्दै भन्नुभयो, “बाघको आहारा प्रजातिका वन्यजन्तुको वृद्धि गर्नु अबको मुख्य काम हो ।” पाँच स ५० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्जमा बाघको सङ्ख्यामा उत्साहपूर्ण वृद्धि भएको उहाँले बताउनुभयो ।

संरक्षणकर्मी कृष्णलाल चौधरीले बाघको सङ्ख्या वृद्धि भएसँगै आहारा प्रजातिको संरक्षणसँगै बासस्थानको सुधारमा समेत लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बाघलाई जङ्गलमा सहजै शिकार गर्न सक्ने गरी आहारा प्रजातिको सङ्ख्यामा वृद्धि गर्नुपर्छ । त्यसो गर्न सकिएन भने संरक्षण चुनौतीपूर्ण छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com