ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तल्लो सेतीको सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग


admin

दमौली, १ कात्तिक । एक सय चालीस मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालन गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले आफूले बनाउन लागेको अर्धजलाशययुक्त आयोजना तल्लो सेती १०४ मेगावाटको विस्तृत सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग गरेको छ ।

आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) गर्नका लागि पूर्वछनोट भएका छ कम्पनीलाई लिमिटेडले प्रस्ताव माग गरेको हो । आयोजनाको डिपिआरका लागि १९ कम्पनीले आशयपत्र पेश गरेका थिए । त्यसमध्ये एउटा अमेरिका, तीन युरोप र दुई एशियाको कम्पनी विस्तृत अध्ययनका लागि पूर्वछनोट भएका छन् ।

प्राविधिक र आर्थिक प्रस्तावका आधारमा एउटा कम्पनी छनोट गरिने हाइड्रोपावरले जनाएको छ । काम शुरु भएको २० महीनामा विस्तृत सम्भाव्यता अध्ययन तयार पारिने कम्पनीका साइट इञ्चार्ज इञ्जिनीयर विदुर अधिकारीले जानकारी दिनुभयो ।

डिपिआर तयार गर्न एशियाली विकास बैंक (एडिबी) ले तीन करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । डिपिआरका लागि छनोट हुने कम्पनीले आयोजनाको ठेक्का कागजात र विस्तृत इञ्जिनीयरिङ तयार गर्नुपर्नेछ । बाइस करोड अमेरिकी डलर लागत अनुमान गरिएको आयोजना अर्धजलाशय हो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले यसअघि नै आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । कम्पनीले शुरुमा ९२ मेगावाट क्षमतामा अध्ययन गर्न विद्युत् विकास विभागबाट अनुमतिपत्र लिए पनि सम्भाव्यता अध्ययनले क्षमता बढ्ने देखाएको हो ।

तनहुँ जलविद्युत् आयोजना (एक सय चालीस मेगावाट) को विद्युत्गृह हुँदै टेलरेस (पानी निकास सुरुङ) बाट निस्केको पानी उपयोग गरी आयोजना निर्माण हुनेछ । तनहुँ जलविद्युत् आयोजना (माथिल्लो सेती) को लागत महँगो भएकाले क्यासकेडका रूपमा तल्लो सेती निर्माण गरेर लागत अनुपात मिलाउन खोजिएको छ ।

कम्पनीका अनुसार आयोजनाको रिटर्न अन इक्विटी (स्वपूँजीमा गरिएको लगानीको प्रतिफल) करीब २० प्रतिशत हुनेछ । यसो हुँदा माथिल्लो सेतीको महँगो लागतसमेत यसले समेट्ने जिकिर गरिएको छ । कम्पनीले आयोजनामा स्थानीयवासीका लागि पनि शेयर लगानीको अवसर दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com