ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तल्लो सेतीको सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग


admin
कार्तिक १, २०७५ बिहीबार  १० : ५४ बजे

दमौली, १ कात्तिक । एक सय चालीस मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालन गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले आफूले बनाउन लागेको अर्धजलाशययुक्त आयोजना तल्लो सेती १०४ मेगावाटको विस्तृत सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग गरेको छ ।

आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) गर्नका लागि पूर्वछनोट भएका छ कम्पनीलाई लिमिटेडले प्रस्ताव माग गरेको हो । आयोजनाको डिपिआरका लागि १९ कम्पनीले आशयपत्र पेश गरेका थिए । त्यसमध्ये एउटा अमेरिका, तीन युरोप र दुई एशियाको कम्पनी विस्तृत अध्ययनका लागि पूर्वछनोट भएका छन् ।

प्राविधिक र आर्थिक प्रस्तावका आधारमा एउटा कम्पनी छनोट गरिने हाइड्रोपावरले जनाएको छ । काम शुरु भएको २० महीनामा विस्तृत सम्भाव्यता अध्ययन तयार पारिने कम्पनीका साइट इञ्चार्ज इञ्जिनीयर विदुर अधिकारीले जानकारी दिनुभयो ।

डिपिआर तयार गर्न एशियाली विकास बैंक (एडिबी) ले तीन करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । डिपिआरका लागि छनोट हुने कम्पनीले आयोजनाको ठेक्का कागजात र विस्तृत इञ्जिनीयरिङ तयार गर्नुपर्नेछ । बाइस करोड अमेरिकी डलर लागत अनुमान गरिएको आयोजना अर्धजलाशय हो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले यसअघि नै आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । कम्पनीले शुरुमा ९२ मेगावाट क्षमतामा अध्ययन गर्न विद्युत् विकास विभागबाट अनुमतिपत्र लिए पनि सम्भाव्यता अध्ययनले क्षमता बढ्ने देखाएको हो ।

तनहुँ जलविद्युत् आयोजना (एक सय चालीस मेगावाट) को विद्युत्गृह हुँदै टेलरेस (पानी निकास सुरुङ) बाट निस्केको पानी उपयोग गरी आयोजना निर्माण हुनेछ । तनहुँ जलविद्युत् आयोजना (माथिल्लो सेती) को लागत महँगो भएकाले क्यासकेडका रूपमा तल्लो सेती निर्माण गरेर लागत अनुपात मिलाउन खोजिएको छ ।

कम्पनीका अनुसार आयोजनाको रिटर्न अन इक्विटी (स्वपूँजीमा गरिएको लगानीको प्रतिफल) करीब २० प्रतिशत हुनेछ । यसो हुँदा माथिल्लो सेतीको महँगो लागतसमेत यसले समेट्ने जिकिर गरिएको छ । कम्पनीले आयोजनामा स्थानीयवासीका लागि पनि शेयर लगानीको अवसर दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com