ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हात्तीको झुण्डद्वारा धानबाली नोक्सान


admin

 कञ्चनपुर, ३१ असोज । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिमा गएराति दुई दर्जनभन्दा बढीको सङ्ख्यामा आएको हात्तीको झुण्डले छ जना किसानको एक बिघाभन्दा बढी जग्गाको काटेर थन्क्याएको धान खाएर नोक्सान गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट किसानका खेतमा छिरेको हात्तीको झुण्डले थ्रेसिङ गर्न ठिक्क पारेर राखिएको धान खाएर नोक्सान गरेको हो ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार स्थानीय किसान मनिलाल जोशी, जयबहादुर साउद, डम्बरबहादुर साउद, प्रजापति जोशी, गौरव भण्डारी, दिले बिष्ट र नैन सिंह पालको धानबाली हात्तीको झुण्डले खाएको छ ।

किसानको दुई कट्ठादेखि पाँच कट्ठासम्मको धान खाएर हात्तीले नोक्सान गरेको छ इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भन्नुभयो, “आँगनमै राखेको धानबाली हात्तीको झुण्डले खान थालेपछि किसान मर्कामा परेका छन् ।” साँझ नपर्दै हात्तीको झुण्ड खेतमा छिर्ने गरेको र धान खाएर अघाएपछि मात्रै निकुञ्जतर्फ लाग्ने गरेको छ ।

तीन सातादेखि भारतको दुधुवा नेशनल पार्क हँुदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छिरेको हात्तीको झुण्डले यहाँका बासिन्दालाई निकै सास्ती दिन थालेका छन् ।

“भगाउन गएपछि पूरै झुण्ड आक्रमण गर्न आउँछ” स्थानीय किसान मनिलाल जोशीले भन्नुभयो, “आगो र पटाका पड्काएर पनि तर्सन छाडेको छ । धान बाली सकिएपछि घरभित्र भण्डारण गरेको अन्नसमेत खाने सम्भावना बढेको छ ।

मानवीय क्षतिसमेत हुन सक्ने सम्भावना बढेर गएको हुँदा हात्ती नियन्त्रणका लागि सम्बन्धीत निकायले पहल गर्नुपर्ने उहाँको माग छ । हात्तीको झुण्ड बस्ती छिर्न थालेपछि स्थानीय बासिन्दा रातभर जाग्राम बस्न थालेका छन् । धानबाली क्षति भएको क्षेत्रको शुक्लाफाँटा नगरपालिकाका नगरप्रम्ुख दिलबहादुर ऐरले अनुगमनसमेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com