ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नो चार महिनाको तलब विद्यालयलाई


admin

बलेवा, ३० असोज । बागलुङ काठेखोला गाउँपालिका–१ का वडाध्यक्ष खड्क थापाले आफ्नो चार महिनाको पारिश्रमिक विद्यालय अक्षयकोष स्थापनाका लागि खर्च गर्ने घोषणा गर्नुभएको छ ।

थापाले वडाध्यक्षको रुपमा काम गर्न बाँकी रहेको चार वर्षमध्ये प्रत्येक वर्ष एक विद्यालयका दरले वडाभित्रका चारै विद्यालयमा अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको हो ।

हरेक बर्ष एक महिनाको तलब भत्तालगायतका सुविधा विद्यालयमा हस्तान्तरण गरेर अक्षयकोष स्थापना गर्न लागेको उहाँले बताउनुभयो । अक्षय कोषको ब्याजबाट आउने रकमलाई आवश्यकताका आधारमा विभिन्न शीर्षकमा खर्च गर्नेगरी विद्यालयको संरक्षणमा राखिने छ ।

गरीबीका कारण विद्यालय बाहिर रहेका बालबालिकाको शिक्षादिक्षा, छात्रावृत्ति, पुरस्कार वितरण लगायतका विद्यार्थीको वृत्ति विकासलगायत शीर्षकमा खर्च हुने गरी अक्षयकोष स्थापना गर्न लागिएको हो ।

‘एक महिनाको सबै सुविधा विद्यालयलाई उपलब्ध गराउँदा विपन्न विद्यार्थीलाई सहयोग पुग्छ, भन्ने लागेको छ’ वडाध्यक्ष थापाले भन्नुभयो, “मैले शुरुवात मात्रै गरेको हो, सामुदायिक विद्यालयको सुधारका लागि अन्य मनकारीले पनि सहयोग गर्नुहुन्छ, भन्ने लागेको छ ।”

जनप्रतिनिधि भएकाले समाजको उत्तर दायित्व आफूमा रहेको भन्दै उहाँले विद्यार्थीको उज्वल भविष्यका लागि अक्षयकोष स्थापना गर्ने सोच बनाएको बताउनुभयो ।

दशैँका लागि रु एक अर्ब विप्रेषण भित्रियो

नवरात्री शुरु भएसँगै बागलुङका रेमिट्यान्स (विप्रेषण) केन्द्रमा मानिसको भीडभाड लाग्न थालेको छ । वैदेशिक रोजगारीमा गएकाले दशैँखर्च पठाउने र आफू घर फर्किंदा रेमिट्यान्समार्फत पैसा पठाएर आउने भएकाले केन्द्रमा भीड लागेको हो ।

रेमिट्यान्स केन्द्रमा लागेको भीडसँगै दशैँतिहारका लागि बागलुङमा झण्डै रु एक अर्ब रेमिट्यान्स भित्रिएको छ । बागलुङ मनिट्रान्सफरका सञ्चालक दुर्गा कुँवरले अहिलेसम्म आफूले मात्र रु छ करोड भन्दा बढी रेमिट्यान्स वितरण गरिसकेको बताउनुभयो ।

कुँवरले आफ्नो मनिट्रान्सफरमा अघिपछि भन्दा यस बेला दैनिक रु ४० लाखदेखि रु ५० लाखसम्म हाराहारीमा कारोबार हुनेगरेको बताउनुभयो ।

बागलुङ सदरमुकामका सयपत्री, कालिका, क्वीक, बागलुङ कालिका मनिट्रान्सफर, गलकोट, बूर्तिवाङ, कुश्मीसेरा, खर्वाङलगायतका ठाउँमा दर्जनांै मनिट्रान्सफरबाट दशँैका बेला दैनिक रु छ करोड भन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ ।

कालिका मनिट्रान्सफर बागलुङका सञ्चालक अनुप रिजालले दशैँको मौकामा रेमिट्यान्स रकम बढ्ने गरेको बताउनुभयो । सयपत्री मनिट्रान्सफरका देबु पौडेलले अन्य समयमा रु ८–१० लाख रेमिट्यान्स कारोवार हुने गरेकोमा यो समयमा दिनहुँ रु २५ देखि रु ३० लाखको हाराहारीमा कारोबार हुने गरेको बताउनुभयो ।

लाहुरेको जिल्लाका रुपमा परिचित बागलुङमा दशैँका बेला अन्य समयमा भन्दा धेरै रेमिट्यान्स भित्रिने गरेको व्यवसायीको अनुभव छ । वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अत्याधिक भएकाले दशैँका बेला करोडौँं रुपैयाँ रेमिट््यान्स भित्रने गरेको रमिट््यान्स व्यवसायी बताउछन् । रेमिट््यान्स (विप्रेषण) भुक्तानी केन्द्रका अलावा बैंक तथा अन्य वित्तीय संस्थामार्फत समेत भित्रिइरहेको छ ।

३२ परिवारलाई खाद्यन्न सहयोग

वडा दशैँको अवसर पारेर यहाँका एक गाउँका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । बागलुङ जैमिनी नगरपालिका–७ जैदी बझिनिका विपन्न बालबालिकाका परिवारलाई खाद्यान्न हस्तान्तरण गरिएको हो ।

बाल संरक्षण विकास समिति बागलुङको सहयोगमा वडा कार्यालयले बझिनीका ३२ परिवारलाई खाद्यान्न हस्तान्तरण गरिएको जनाएको छ । उनीहरुलाई चामल, दाल, नुन तेललगायतका खाद्यान्न हस्तान्तरण गरिएको वडा सदस्य केन्द्र रसाईलीले बताउनुभयो ।

राम्रो सँग दशैँ मनाउनका लागि विपन्न परिवारलाई सहयोग गरिएको बाल संरक्षण विकास समितिका अध्यक्ष धना आचार्यले बताउनुभयो । परिवारमा गरीबीको समस्या रहँदा बालबालिकाको खानपानमा समस्या आउने भएकाले बालबालिकालाई लक्षित गरी खाद्यान्न हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन्– यात्रु छुटाउने विषय क्षम्य हुन सक्दैन

नेपाल एयरलाइन्सको लापरबाही – विमानस्थल पुगेका यात्रुलाई अलपत्र पारेर प्रधानमन्त्री लिएर उड्यो

सम्बन्धित

९ लाखभन्दा धेरै श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत, ४४ अर्ब ८५ करोड जम्मा

कालीगण्डकी करिडोरको बेनी–गलेश्वर खण्डमा कालोपत्र गर्न थालियो

अर्थतन्त्र अझै दबाबमै छ : प्रधानमन्त्री प्रचण्ड

अमेरिकादेखि भारतसम्मका २७ देशमा टिकटक बन्द छ

भारतद्वारा नेपालका भूकम्पपीडितलाई तेस्रो खेप राहत सामग्री सहयोग

दुर्गा प्रसाईंलाई प्रहरीमा उपस्थित हुने चेतावनी, ओलीको ‘कम्वोडिया टेलिकमको लगानीबारे’ सोधपुछको तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...