ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

दशैँ र तिहारको फुर्सदमा म्याग्दी घुम्न आमन्त्रण


admin

बेनी, ३० असोज ।  दशैँ र तिहारको बिदा समयमा म्याग्दी भम्रण गरी रमाउन चाहनुहुन्छ भने अहिले उपयुक्त समय हो । म्याग्दी उद्योग वाणिज्य सङ्घको अगुवाइमा यस वर्षलाई ‘म्याग्दी भ्रमण वर्ष – २०७५’ को रुपमा मनाउन शुरु गरिएको छ ।

हिमालपारिको जिल्ला मुस्ताङको प्रवेश द्वारको रुपमा रहेको म्याग्दीमा लामो तथा छोटो यात्रामा पुगिने पर्यटकीय स्थलहरुमा सहज रुपमा पुग्न आवश्यक प्रबन्ध मिलाइएको भ्रमण वर्ष मूल आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तम कुमार कर्माचार्यले बताउनुभयो ।

“प्राकृतिक सुन्दरताले भरिपूर्ण म्याग्दीले अथाह सम्भावना बोकेको छ, यहाँ आउने पर्यटकलाई यातायात र खानामा विशेष छुटको व्यवस्था समेत गरिएको छ” – सङ्घका अध्यक्ष कर्माचार्यले भन्नुभयो ।

पछिल्लो समय चाडपर्व नयाँ ठाउँ घुमेर मनाउने संस्कारको विकास हुन थालेको भन्दै सङ्घले भ्रमणका लागि सबैलाई आमन्त्रण गरेको छ । म्याग्दीका पर्यटकीय स्थलहरुमा पुग्न बेनीस्थित कालीपुलमा रहेको पर्यटक सूचना केन्द्रमा आवश्यक सूचना र परामर्शको समेत व्यवस्था गरिएको छ ।

बेनी नगरपालिकासँगको सहकार्यमा पर्यटकको तथ्याङ्क राख्ने र धार्मिक तथा पर्यटकीय स्थलको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले डिजिटल सूचना केन्द्र सञ्चालनमा ल्याइएको हो ।

गत वैशाख ३१ गते औपचारिक रुपमा म्याग्दी भ्रमण वर्षको सुरुआत गरिएको थियो । जिल्लामा रहेको पर्यटकीय सम्भावनालाई उजागर गर्दै पर्यटन आगमन बढाउन भ्रमण वर्षले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सङ्घले स्थानीय तह र सम्बद्ध सरकारी निकायसँगको सहकार्यमा भ्रमण वर्षलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोगका लागि आह्वानसमेत गरेको छ । प्राकृतिक, ऐतिहासिक, साँस्कृतिक र पौराणिक महत्वका सम्पदाको पहिचान, संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटकको आगमन वृद्धि गर्न भ्रमण वर्षले सहयोग पुग्ने सङ्घका महासचिव लीलाराम गौतम बताउनुहुन्छ । पर्यटकीय स्थलको पहिचान गरी प्रचारप्रसार गर्ने र पूर्वाधार निर्माणमा सरकारी तथा निजी क्षेत्रको लगानी भित्र्याउन पहल गर्ने भ्रमण वर्षको मुख्य उद्देश्य रहेको छ ।

पर्यटकलाई प्रदत्त सुविधाहरु 

भम्रण वर्षको अवसरमा म्याग्दीमा आउने पर्यटकलाई विशेष सुविधाको व्यवस्था गरिएको छ । यहाँ आउने पर्यटकलाई आरामदायी बसोबाससँगै खानामा समेत विशेष सहुलियत दिइएको छ । पर्यटक सूचना केन्द्रमा दर्ता गरेर होटल आइपुग्ने पर्यटकलाई खानामा १० प्रतिशत छुटको व्यवस्था गरिएको म्याग्दी होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम)ले बताउनुभयो ।

उहाँले अहिलेसम्म जिल्ला भित्रिने पर्यटकलाई खान र बस्न समस्या नहोस् भनेर कालीपुलमा रहेको प्रहरीको यात्रु सहायता कक्षमा समेत सम्पर्क नम्बरहरु उपलब्ध गराइएको जानकारी दिनुभयो । “बेनीमा आउने पर्यटकलाई खान र बस्न समस्या छैन, हामीले एक अर्का होटलबीच समन्वय गरेर भए पनि यहाँ भित्रिने पर्यटकलाई खाने र बस्ने राम्रो प्रबन्ध मिलाएका छौँ” – अध्यक्ष आचार्यले भन्नुभयो ।

घुम्ने गन्तव्य

दर्जनौँ हिमाल, मनोरम भू–बनोट, कला, संस्कृति र ऐतिहासिक स्थलहरु रहेको म्याग्दी अथाह सम्भावना बोकेको जिल्ला हो । संसारको सातौँ अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर) अवस्थित म्याग्दीमा अन्नपूर्ण प्रथम, चुरेन, गुर्जा, मानापाथी, पुठा, बराह शिखरलगायत दर्जनौं हिमशृङ्खला रहेका छन् ।

हिमालपारिको जिल्ला मुस्ताङको प्रवेश द्वारको रुपमा समेत रहेको म्याग्दीमा हिमालहरुसँगै अग्ला झरना, तालतलैया, धार्मिक र ऐतिहासिक सम्पदाहरुसमेत छन् । यहाँ भ्रमण गर्न आउने पर्यटकले लामो यात्रामा राउण्ड धौलागिरि, अन्नपूर्ण आधार शिविर, अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, गुरिल्ला पदमार्ग, धौलागिरि आइसफल, धौलागिरि सेञ्चुरी, पश्चिम धौलागिरिलगायतका पदमार्गको भम्रण गर्न सक्छन् ।

यी पदमार्गको भम्रणमा एक सातादेखि दुई साताभन्दा बढी समय खर्चिनुपर्छ । छोटो दूरीमा दुईदेखि पाँच दिनसम्मको यात्रामा आउने पर्यटकहरु घोडेपानी पुनहिल, फुलवारी, करबाकेली, खोप्रा, मोहोरडाँडा, टोड्के, जगन्नाथ, रुइसे, भेडीओढार, रिखार, स्वर्गाश्रम, बेलढुंगा, बेगको नेपालकै लामो झोलुङ्गे पुल, रुप्से झरना, अन्ध गल्छी, रुमको दुरलेक, भालेबास्ने ताल, मालिका धुरी, लुकेको बस्ती गुर्जा, हिमालको काखमा रहेको मुदी, तातोपानी कुण्डहरुमा पुग्न सक्छन् । त्यसैगरी, नौलीबराह, खयरभारनी, नागी बराही, पेरी भारनी, निस्कोट बराहीलगायतका तालतलैयाहरु पनि यहाँ छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गुडिरहेको एम्बुलेन्सबाट सात जना कोरोना संक्रमित भागे

महेन्द्रनगर , ९ बैशाख । कैलालीमा आइसोलेसन सेन्टरमा लैजाने क्रममा कोरोना पोजेटिभ सात जना एम्बुलेन्सबाटै भागेका छन्। बिहीबार गौरीफण्टा हुँदै नेपाल आएका सात जना भारतीय

राष्ट्रियसभा उपनिर्वाचन जेठ ६ गते, दल दर्ताको लागि वैशाख १४ गतेसम्मको म्याद

काठमाडौँ, ९ बैशाख।   निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई कारवाही गरेपछि रिक्त रहेको स्थानमा जेठ ६ गते उपनिर्वाचन गर्ने भएको छ

अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक

काठमाडौँ, ९ बैशाख।   कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले सर्वसाधारणलाई पशुपति मन्दिर दर्शनमा रोक लगाइएको छ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका

सम्बन्धित

ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि

मुस्ताङ र घुन्सामा हिमपात

 पाँच पुल निर्माण हुँदै

 रामघाटमा ज्येष्ठ नागरिक स्याहार केन्द्र

आगलागीबाट रु १० लाखको चिया क्षति

टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com