ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै


admin
आश्विन २९, २०७५ सोमबार   ३ : ४१   बजे

काठमाडौं, २९ असोज ।  राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई साधारण शेयर(आइपिओ) आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्ने भएको छ ।

आयोजनाले आज एक सूचनामार्फत रु एक अर्ब ५८ करोड बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गर्न लागेको जनाएको हो । आयोजनाले यसअघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई साधारण शेयर बिक्री गरिसकेको छ ।

यस्तै गत साउन १६ गतेदेखि गत भदौ २१ गतेसम्म आयोजना प्रभावित दोलखावासीलाई समेत साधारण शेयर बिक्री गरिसकेको छ । आयोजनाले दोलखावासीलाई रु एक अर्ब पाँच करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो । तेस्रो चरणमा आम सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेको आयोजनाले जनाएको छ ।

दोलखाको लामाबगरमा निर्माणाधिन माथिल्लो तामाकोशी ४५६ मेगावाट क्षमताको आयोजना हो । स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजना आगामी पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि निर्माण व्यवसायीले तोकिएअनुसार काम नगर्दा केही समय पर धकेलिने अवस्था सिर्जना भएको हो ।

आयोजनाले आम सर्वसाधारणका लागि न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । धितोपत्र निष्कासन छिटोमा कात्तिक १९ गतेसम्म बन्द हुनेछ भने बढीमा मङ्सिर १४ गतेसम्म हुनेछ ।

आयोजनाको हालसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको छ । शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड छन् । निर्माण सामग्रीको ढुवानीमा देखिएको समस्याका कारण आयोजनाको निर्माण प्रक्रियामा केही शिथिलता आएपनि दशैँलगत्तै निर्माण कार्यले तीव्रता पाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group