ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बढ्दो महिला हिंसा तथा बलात्कारविरुद्ध ‘भद्रपुर रन’, पुरुषतर्फ शरण र महिलातर्फ सुस्मिता प्रथम


admin

भद्रपुर ,२८असोज । बढ्दो महिला हिंसा तथा बलात्कार, लागु औषध नियन्त्रण विरुद्धको भद्रपुर रन (मिनी म्यारथन) भव्य रुपमा आइतबार सम्पन्न भएको छ ।

बडा दर्शै, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै भद्रपुर नगरपालिका अन्तरगतको ८ नम्बर वडा कार्यालयले पुुरुष तथा महिलाको सहभागितामा पहिलो पटक झापाको सदरमुकाम यस्तो कार्यक्रम सम्पन्न गरेको हो ।

८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा (मनोज)को पहलमा वडा कार्यालयले नगरपालिकाको करबाट नभएर स्थानीय उद्योगी, विभिन्न संघसंस्था र नगरबासीको सहयोगमा आयोजना गरिएको भद्रपुर रनमा ९ सय ६४ जना सामूहिक रुपमा दौडिएका थिए । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने भद्रपुर १० का शरण गिरी, द्धितीय हुने भद्रपुर १ का सुमन सोरेन, तृतीय हुने भद्रपुर ७ का रुपेश राई, चौथो हुने भद्रपुर ४ का मेघराज राई र पाँचौ हुने भद्रपुर ३ का रिसु राई भएका छन् ।

त्यस्तै महिलातर्फ प्रथम हुने सागरमाथा माविका सुस्मिता राई, द्धितीय हुने भद्रपुर १ का आरजु भट्टराई, तृतीय हुने भद्रपुर ४ का सुविता टुडु, चौथो हुने रीता गिरी र पाँचौ हुने भद्रपुर ८ का नितेश तामाङ भएकी छिन् ।

पुरुष तथा महिला विजेताहरु क्रमश २१ हजार, १५ हजार, १० हजार, ३ हजार र २ हजार नगदसहित पुरस्कृत गरिएको थियो । भद्रपुर ८ स्थित सगरमाथा चोकमा आयोजित प्रतियोगिताको उद्घाटन स्थानीय ९४ वर्षिय वृद्ध केशव सिंह राईले गरेका थिए । उनले शान्तिको प्रतिक मानिएका परेवा उडाएर उद्घाटन गरेका थिए ।

सगरमाथा चोकबाट पुरुष तथा महिला सामूहिक रुपमा दौडिर्दै एसपी मोड पुगेपछि महिलाहरुले त्यहाँबाट ३ किलोमिटर दौड पुरा गर्न किरात कोलोनिको बाटो हुर्दै सगरमाथा चोक पुगेका थिए, भने पुरुषहरुले ६.७ किलोमिटर दौड पुरा गर्न विमानस्थलबाट क्याम्पस गेट, अस्पतालचोक हुदै जनताचोकबाट सगरमाथा पुगेका थिए ।

वडा अध्यक्ष सुब्बाको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्रदेश सांसद ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रामाया श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, उद्योगी दीपेश ढकाल, अजय साहेवाला, भक्ति अधिकारी लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै सोही कार्यक्रमको अवसरमा वडाध्यक्ष सुब्बाले आफ्ना पिता स्वर्गीय बिरहाङ् लिम्बूको सम्झनामा सगरमाथा आरोही अनिष लुइटेल, बक्सिङ् खेलाडी सुरेन्द्र राई र प्रशिक्षक डम्बर लिम्बुलाई जनही ५ हजार नगदसहित पुरस्कृत गरेका थिए पुरस्कार राशी वडाध्यक्षकै परिवारले प्रदान गरेको कार्यक्रमको सञ्चालन योगेन्द्र पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com