ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शीत भण्डार निर्माण अन्तिम तयारीमा


admin

बाँके, २७ असोज । बाँकेको खजुराखुर्दमा निमार्णाधीन शीत भण्डार (कोल्ड स्टोर) सञ्चालनको अन्तिम तयारीमा रहेको छ । डेढ वर्षदेखि निर्माण शुरू गरिएको उक्त शीत भण्डारको क्षमता १० हजार टन रहेको छ ।

जानकी गाउँपालिकाको खजुराखुर्दमा रु २५ करोडको लागतमा निजी क्षेत्रबाट निर्माण भइरहेको उक्त शीत भण्डारमा पहिलो चरणमा सात हजार टन मात्र वस्तु राखिने बताइएको छ । आगामी वर्षदेखि सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको शीत भण्डारका शेयर सदस्यसमेत रहेका जडीबुटी व्यवसायी सङ्घका महासचिव टङ्क शर्माले जानकारी दिनुभयो ।

नेपालगञ्जबाट झण्डै पाँच किलोमिटर पश्चिम खजुराखुर्दमा दुई बिघा जग्गामा नेपालगञ्ज कोल्ड स्टोरेज एण्ड वेयर हाउस प्रालिको निर्माण अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार अब निर्माण भएको भवनको रङ्गरोगनलगायत करीब २० प्रतिशत मात्रै काम बाँकी रहेको छ ।

जग्गा खरिद भई निर्माण कार्यको औपचारिक सुरुवात २०७१ सालदेखि भएपनि गत वैशाखदेखि निर्माण कार्यलाई तीब्रता दिइएको थियो । उक्त भण्डारमा कर्णालीको स्याउ, तरकारी र आलु भण्डारण गर्ने लक्ष्य रहेको छ । साविकका मध्य र सुदूरपश्चिमका किसानको उत्पादनलाई भण्डारण गर्ने लक्ष्यसमेत राखिएको छ ।

शीत भण्डारको अभावमा यस क्षेत्रको जडीबुटी भण्डारणका लागि भारतको लखनउलगायतका शहरमा निर्भर हुनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा राखिएको छ । सरकारले अहिलेसम्म उक्त भण्डार निर्माणका लागि रु ९९ लाख सहयोग उपलब्ध गराएको छ ।

नेपालगञ्जका विभिन्न आठ व्यवसायीको लगानीमा निर्माण भएको उक्त भण्डारमा आधुनिक एसी प्रविधिबाट वस्तुलाई चिस्यान दिइनेछ । उक्त भण्डारमा बाँके, बर्दिया, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट उत्पादन भई आउने तरकारी, फलफूलका साथै जडीबुटीलाई समेत राखिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

काठमाडौँ, १२ चैत । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको

चाँडै सरकारले पूर्णता पाउँछ : माधव नेपाल

काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै सरकारले पूर्णता पाउने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

अर्घाखाँची, १२ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले

सम्बन्धित

बल्खु खोलामा नवजात शिशुको शव फेला

संघीयता स्थापनापछि जनताले विकास अनुभूति गर्न पाए : मुख्यमन्त्री कार्की

सत्य निरुपणसम्बन्धी विधेयक स्वीकृत

आफ्नै कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ डा कोइराला

नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ताकेता

एमालेको उद्देश्य आगामी चुनावमा बहुमत उपाध्यक्ष पौडेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...