ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रालयको सरुवाले दुर्गमका नागरिक स्वास्थ सेवाबाट प्रभावित


admin

डोल्पा २७ असोज । यहाँको दुर्गम गाँउमा रहेको एक स्वास्थ चौकीमा कार्यरत दुईजना स्थास्थकर्मीको एकैपटक सरुवा भएपछि दुर्गमका नागरिकले पाँउदै आएको नियमित स्वास्थ सेवा प्रभावित भएको छ ।

त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं ६ फुल्चिङ्मा रहेको स्वास्थ चौकीमा कार्यरत अनमी बिष्णुमाया उपाध्याय , होजार डोल्मा लामाको एकैपटक सरुवा भएपछि महिना दिन देखि सेवाक्षेत्र भित्र पर्ने खदाङ,पालङ्ग,फुल्चिङ,ल्हाँका नागरिकको स्वास्थ सेवा प्रभावित भएको हो ।

“स्वास्थ चौकीमा दुई जना अनमी नभएको महिना दिन धेरै भयो,उपचारगर्ने स्वास्थकर्मीनै नभएकाले सामान्य स्वास्थ सेवाबाट समेत बन्चित भएका छौँ”वडा नं ६ खदाङका स्थानीय अमृत सार्कीले भने ।

“स्वास्थ चौकी जान्छौँ कहिले सिटामोल लगाएतको सामान्य औषधि समेत पाँईदैन्,कहिले स्वास्थकर्मी भेटिँदैनन्”सार्कीले गुनासो गरे।दुर्गमका नागरिकलाई धेरैथोरै स्वास्थ सुविधा दिईरहेको स्वास्थचौकीबाट मन्त्रालयले एकैपटक दुईजना अनमीको सरुवा गरिदिँदा स्वास्थ सेवा प्रभावित भएको अमृत सार्कीले बताए ।

प्रसुतिसेवा संञ्चालनकालागि सामाग्रीहरु लिईएपनि अझैपनि निजि क्लिनिकमा लिएर प्रसुति गराउनुपर्ने बाध्यता कायमै रहेको खदाङका स्थानीयले गुनासो गरेकाछन् ।
स्वास्थ चौकीमै प्रसुति सेवा संञ्चालनगर्न आवाश्यक उपकरण लिएपनि जनशक्तिको रुपमा रहेका दुईजना अनमीको सरुवा भएपनि प्रसुतिगृह संञ्चालन अन्योलमा परेको छ ।

प्रसुति गृह संञ्चालनकालागि एस.बि.आई तालिम प्राप्त एक जना सहित दुईजना अनमीको दरबन्दी अनिवार्य हुन्छ ।

स्वास्थ चौकीका प्रमुख पुष्प चन्दसँग सम्पर्कगर्न खोज्दा सम्पर्कहुन सकेको थिएन् ।
उनी लगाएत एक जना अहेव पनि दशैँ मनाउन घर हिँडेपनि स्वास्थ चौकी एक जना स्विपर र कार्यलय सहयोगीको भरमा चलेको फुल्चिङका स्थानीयले बताए ।

एक स्वास्थकर्मी सरुवाहुनकोलागि छोडेर जान चाहेको जिल्ला स्थित जिल्ला स्वास्थ कार्यालय,सम्बन्धित गाँउपालिका वा नगरपालिकाको अनुमति र सरुवाहुन चाहेको जिल्लामा पर्ने स्वास्थ चौकीमा दरबन्दीखालीको भएको सहमती चाहिने प्रावधान रहेपनि कहाँबाट कसरी एकपटकै दुईजनाको सरुवा भयो कुनैपनि जानकारी नपाएको वडा अध्यक्ष बोहोराले जानकारी दिए ।

सिँहदरबार अधिकार गाँउ गाँउमा भन्ने नाराकासाथ स्थानीय सरकार गठन भएपनि मन्त्रालयले सम्बन्धित स्थानीय तहको स्विकृतिबिना सरुवा गरेकाले नागरिकहरु स्वास्थ सेवाबाट बञ्चित हुनुपरेको वडा अध्यक्ष धर्मजित बोहोराले बताए ।
“

सरुवानै गर्नुपर्ने भएपनि एकपटकमा एकजनाकोमात्रै गरेकाभए स्वास्थ सेवा प्रभावित हुने थिएन्,अब करारमा भएपनि कर्मचारी नियुक्तगर्ने बिषयमा छलफल भईरहेको छ”अध्यक्ष बोहोराले भने ।

नगरपालिका भित्रपर्ने सम्पुर्ण स्वास्थ चौकीहरुको सेवा प्रवाहलाई प्रभावकारी बनाउने र कर्मचारीको नियमितताको बिषयमा अनुगमनगर्ने एक निकायको रुपमा रहेको नगर स्वास्थ ईकाइले नगरको स्वास्थ सेवा ब्यबस्थापनमा चासो नदिएको पाईएको छ ।
नगर स्वास्थ ईकाइको संयोजको जिम्मा पाएका कृष्ण कार्कीले प्रभावकारी रुपमा जिम्मेवारी बहनगर्न नसकेको समेत सरोकारवालाको भनाई छ ।

मन्त्रालयले त्रिपुरा सुन्दरी नगरपालिका सुँ- स्वास्थ चौकी,पहाडा स्वास्थ चौकी र फुल्चिङ स्वास्थ चौकी र लिकुस्वास्थ चौकीबाट पाँचजना अनमीको सरुवा गरेको थियो ।फुल्चिङ बाहेक अन्य स्वास्थ चौकीहरुबाट एक–एक जना अनमीको सरुवा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ, १९ चैत । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय

उपनिर्वाचनको तयारीका लागि कांग्रेसको बैठक बस्दै

काठमाडौँ, १९ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । मन्त्रिपरिषदको पूर्णता, उपनिर्वाचन, समसमायिक राजनीतिक विषयमा छलफल गर्नका लागि कांग्रेस केन्द्रिय कार्यसम्पादन

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौँ, १९ चैत । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल पेटमा स्वास्थ्य समस्या देखिएपछि शनिबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका

सम्बन्धित

बेमौसमी हिमपातले जनजीवन असहज

शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा

कोशी र गण्डकी प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

रामेछापमा जिप दुर्घटना : एकको मृत्यु, सात जना घाइते

दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते

सामुदायिक विद्यालयमा अब्बल बन्दै ‘रामतुलसी’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...