ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक दशकपछि गुर्जा हिमालमा आरोही टोली


admin

बेनी, २७ असोज।  म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहणका लागि एक दशकपछि बल्ल पर्यटक आउन थालेका छन् ।

विसं २०६५मा चुरेन हिमाल आरोहण भए पनि त्यसपछि यहाँका हिमाल आरोहणको लागि पर्यटक आएका थिएनन् । यसै सातामात्रै गुर्जा हिमाज र गुर्जा पश्चिम हिमाल आरोहणका लागि दुई टोली आधार शिविरतर्फ प्रस्थान गरेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

सात हजार १९३ मिटर उचाइको गुर्जा हिमाल आरोहणका लागि दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा चार कोरियन र तीन नेपाली टोली त्यसतर्फ लागेका हुन् । पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमति पाएका टोलीले उक्त हिमालको दक्षिणी मोहोडाबाट आरोहण गर्ने तयारीका साथ आधार शिविरतर्फ लागेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष छन्त्यालका अनुसार गुर्जामै रहेको अर्को हिमाल घुस्तुङ पिक आरोहणका लागि फ्रान्स, क्यानडा र स्विजरल्याण्डका नागरिकको एक टोलीसमेत आधार शिविरतर्फ लागेको छ । नेपाली पर्वतारोही राजन भोटेको नेतृत्वमा सात फ्रान्सेली तथा स्विजरल्याण्ड र क्यानडाका एक÷एक नागरिक सो टोलीमा समलग्न छन् ।

पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा छ हजार ४६५ मिटर अग्लो छ । गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल रहेको गुर्जामा २०६५ सालपछि यस वर्ष मात्र हिमाल आरोहीको टोली आएपछि स्थानीयवासी उत्साहित भएका छन् ।

गुर्जा सात हजार १९३ मिटर, गुर्जा पश्चिम छ हजार ४६५ मिटर, चुरेन सात हजार ३७१ मिटर, पुथा सात हजार २६१ र म्याग्दीमाथा सात हजार मिटरभन्दा अग्लाअग्ला छन् । दुई आरोही टोलीको सामान आधार शिविरसम्म पु¥याउन गुर्जाका ६६ जनाले छोटो अवधिको लागि रोजगारीसमेत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भैरहवा बहुमुखी क्याम्पसमा अखिलको प्यानलै विजयी

बुटवल, १० चैत । भैरहवा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अनेरास्ववियुको पूरै प्यानल विजयी भएको छ । कुनै पनि विद्यार्थी संगठनसँग तालमेल नगरी एकल रूपमा

घुस मागेको आरोपमा पर्साका सहायक वन अधिकृत यादव निलम्वित

काठमाडौं, १० चैत्र । घुस लिएको भिडियो फेला परेपछि डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बनमा परेका छन् । उद्योग पर्यटन तथा

प्रधानमन्त्री प्रचण्डलाई मन्त्रालय बाँडफाँडमा सकस

काठमाडौँ, १० चैत । राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव सकेर संसद्‌बाट विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै सरकार विस्तार गर्न

सम्बन्धित

पोखरा महानगरमा जिम्मेवारी बाँडफाँड

बाग्मतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज दोस्रो पटक विश्वासको मत लिँदै

खोलै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीयको विरोध

चार प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

आजदेखि रमजान सुरु

राष्ट्रपति पौडेललाई चेम्बरको बधाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...