ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल खाद्य संस्थानले थाल्यो च्याङ्ग्रा र खसीबोका बेच्न


admin
आश्विन २६, २०७५ शुक्रबार  ४ : ४९ बजे

काठमाडौं, २६ असोज ।  नेपाल खाद्य संस्थानले आजदेखि च्याङ्ग्रा र खसीबोका बिक्री गर्न थालेको छ । संस्थानका महापबन्धक योगेन्द्र गौचनकाअनुसार थापाथलीस्थित गोदामबाट च्याङ्ग्रा प्रतिकेजी रु ७०० र खसीबोका रु ५०० मूल्यमा बिक्री हुन थालेको हो ।

दशँैका लागि मुस्ताङबाट एक हजार च्याङ्ग्रा र मकवानपुरबाट एक हजार खसीबोका ल्याउन लागिएकामा अहिले करीब ९०० च्याङ्ग्रा र ३०० खसीबोका बिक्री गर्न थालिएको र अरु आउने क्रममा छन् ।

च्याङ्ग्रा र खसीबोका ल्याइएका सम्बन्धित स्थानका जिल्ला खाद्य समितिले स्थानीय बजारको मागका आधारमा मूल्य निर्धारण गरी कृषकबाट खरीद गर्ने गर्दछ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा उक्त समितिको बैठक बस्ने गर्छ ।

दशैँको बेला उपत्यकामा मासुको अत्याधिक माग बढ्ने हुँदा त्यसको आपूर्तिमा सन्तुलन कायम गर्न संस्थानले विभिन्न जिल्लाबाट खसीबोका र च्याङ्ग्रा खरिद गरी ल्याएर उपभोक्तलाई बिक्री गर्दै आएको छ ।

यस कार्यले बजारमा बिचौलियाको न्यूनीकरण हुने र मूल्य माथिको एकाधिकार अन्त्य गर्न सहयोग पुग्ने महाप्रबन्धक गौचनले बताउनुभयो । यही असोज ३० गतेसम्म ती चौपाया बिक्री गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com