ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब गृहकार्यबारे अभिभावकलाई झुक्याउन नसकिने


admin

पोखरा, २६ असोज । शैक्षिक गुणस्तरलगायत अन्य कारण देखाउँदै देशका विभिन्न सामुदायिक विद्यालयमा विद्यार्थी घटिरहेको अवस्थामा पोखरा– ३३ बाघमाराको सरस्वती टीका माविमा भने वर्षेनी विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ ।

विद्यालयले समयको विकासलाई आत्मसात् गरी नेपाली तथा अङ्ग्रेजी माध्यममा पठनपाठन गर्न थालेकाले विद्यार्थीको सङ्ख्या मात्र होइन गुणस्तर पनि बढेको छ । शैक्षिक गुणस्तरसँंगै नवीनतम प्रविधिको प्रयोगलाई पनि विद्यालयले सँगसँगै अघि बढाउँदै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले जानकारी दिनुभयो ।

दुबै माध्यमको पठनपाठनका साथै कम्प्युटर शिक्षा र प्रविधिको प्रयोगबाट विद्यार्थी र अभिभावक आकर्षित भएकाले विद्यालयमा यस शैक्षिक वर्षमा एक हजार १३४ विद्यार्थी अध्ययन गरिरहेका छन् । अङ्ग्रेजी माध्यमको पठनपाठन अघि विसं २०७१ मा ३५० विद्यार्थी भएकामा त्यसयता भने विद्यार्थी सङ्ख्या वृद्धि हुँदै २०७२ मा ५२१, २०७३ मा ६९१ र २०७४ मा ९४० पुगेको थियो ।

यस वर्षको एसइई परीक्षामा विद्यालयबाट १२ विद्यार्थीले ‘ए’ प्लस ल्याउन सफल भएका थिए । त्यस्तै २३ ले ‘ए’, २४ले ‘बी प्लस’ र ‘बी’ ल्याउने ११ रहेको विद्यालयले जनाएको छ । विद्यार्थीले अधिकतम तीन दशमलव नौ जिपिएसम्म ल्याउन सफल भएका थिए ।विसं २०७१ देखि अङ्ग्रेजी माध्यममा पनि पढाइ शुरु गरिएकामा त्यसयता विद्यालयलाई विद्यार्थी एवं अभिभावक दुवैले विश्वास गर्ने वातावरण बनेको शिक्षक अभिभावक सङ्घका अध्यक्ष गणेशप्रसाद ढकालले बताउनुभयो ।

विद्यालयले समयसापेक्ष गुणस्तरीय शिक्षा दिने सोचका साथ त्यही किसिमको पूर्वाधार विकास गरिरहेको बताउँदै उहाँले विद्यालयका सबै शैक्षिक कार्यक्रम प्रविधिमा आधारित भई सञ्चालन गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो ।अध्यक्ष ढकालका अनुसार प्रविधिमा आधारित शिक्षाका लागि कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका समान व्यवस्था गर्न रु १२ लाख आवश्यक हुन्छ भने अङ्ग्रेजी माध्यमका लागि रु १५ लाख ६० हजार र अन्य सिसिटिभी, नेटवर्किङ, डिभिआर लगायतका समान खरीदका लागि रु एक लाख ८२ हजार आवश्यक पर्छ ।

“आवश्यक रकमका लागि पोखरा महानगरपालिकासँग प्रस्ताव गरिसकेका छौं,” ढकालले भन्नुभयो, “यी आधारभूत आवश्यकता पूरा भएसँगै हामी कक्षा कोठालाई पूर्ण प्रविधिमैत्री बनाउन सक्छौं, योसँगै अध्यापनमा चक डस्टर तथा कागजकोे प्रयोग पनि हट्ने छ ।”

विद्यालयले प्राविधिक शिक्षाको पठनपाठन गर्ने सोचका साथ सिटिइभिटिबाट एसइई पछिको तीन वर्षे इञ्जिनियरिङ विषयको कक्षा सञ्चालन गर्ने सोचका साथ प्रस्ताव पठाएको छ । त्यस्तै शिक्षा मन्त्रालय अन्तर्गत कक्षा ९ देखि १२ सम्म कृषि तथा बालिविज्ञान विषयको पठनपाठन गर्ने प्रस्ताव गरिएको छ ।

प्राविधिक शिक्षाको अध्यापनका साथै विद्यालयलाई आवासीय बनाउँदै लैजाने, प्रविधिको अधिकतम प्रयोग गर्नेजस्ता सोच बनाइएको अध्यक्ष ढकालले बताउनुभयो । विद्यालयले विद्यार्थी हाजिर भए नभएको, गृहकार्य गरे नगरेको जस्ता कुरा अभिभावकले दैनिक थाहा पाउनसक्ने गरी यसै वर्षदेखि मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ ।

सरस्टीका(कबचबकतष्पब) नामक उक्त एप्स सञ्चालनसँगै अरब लगायतका स्थानमा पुगेका विद्यार्थीका अभिभावकले आफ्ना बच्चा विद्यालय आए नआएको थाहा पाउनुका साथै विद्यालयका विभिन्न गतिविधिबारे जानकारी पाउने भएका छन् ।विद्यालयका सहायक प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटाका अनुसार एप्सलाई विशेष गरी विदेशमा भएका अभिभावकले धेरै हेर्ने गरेका छन् ।

हालसम्म सात सय भन्दा बढी अभिभावकले एप्स डाउनलोड गरिसकेका छन् ।एप्समा प्रत्येक दिन विद्यार्थीलाई दिइएको गृहकार्य उल्लेख गरिने भएकोले अभिभावकलाई गृहकार्यका सम्बन्धमा अबदेखि बालबालिकाले झुक्याउन नसक्ने भएका छन् ।
विद्यालयका सूचना अधिकारी नन्दलाल काफ्लेका अनुसार विद्यालयको जग्गाधनी प्रमाणपत्र(लालपूर्जा) भएको जग्गा २१ रोपनी छ भने विगतदेखि भोगचलन गर्दै आएको जग्गा २१९ रोपनी छ । उक्त जग्गा विद्यालयको नाममा दर्ताका लागि आवश्यक कागजातसहित मन्त्रालयमा यसअघि नै प्रस्ताव गरिसकिएको उहाँले जानकारी दिनुभयो ।

विद्यालयमा पोखरा महानगरपालिका–२९, ३०, पुलचोक, पट्नेरी, तिक्लाङ, चिर्गादी, चैनपुर, पानीटङ्की, तोरीचौर, सिस्ने, सिप्लेनीतरा, पुष्पबस्ती, कुसुण्डे, चिसापानी, ठूलोढुङ्गा, साविक पोखरा २३ को द्वार, पोखरा–१७ को दोबिल्लासम्मका विद्यार्थी अध्ययन गर्न आउछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

उपनिर्वाचनको तयारीका लागि कांग्रेसको बैठक बस्दै

काठमाडौँ, १९ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । मन्त्रिपरिषदको पूर्णता, उपनिर्वाचन, समसमायिक राजनीतिक विषयमा छलफल गर्नका लागि कांग्रेस केन्द्रिय कार्यसम्पादन

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौँ, १९ चैत । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल पेटमा स्वास्थ्य समस्या देखिएपछि शनिबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका

मुलुकको आर्थिक संकटको समाधान गर्न एमालेको ध्यानाकर्षण

काठमाडौँ, १८ चैत । नेकपा (एमाले)ले देशको वर्तमान आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । आज पार्टी मुख्यालयमा

सम्बन्धित

बेमौसमी हिमपातले जनजीवन असहज

शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा

कोशी र गण्डकी प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

रामेछापमा जिप दुर्घटना : एकको मृत्यु, सात जना घाइते

दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते

सामुदायिक विद्यालयमा अब्बल बन्दै ‘रामतुलसी’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...