काठमाडौं ,२५ असोज ।महोत्तरीमा माटोको ढिस्कोमा पुरिएर चारजना बालिका गम्भीर घाइते भएका छन् । दीपावलीको तयारीको लागि माटो लिन पुगेको बेला माथिबाट माटोको ढिस्को खसेर उनीहरु घाइते भएका हुन ।
घाइते हुनेमा औरही नगरपालिका ३ श्रीपुरका संझारो महतोको ६ वर्षकी छोरी रीता महतो, दरेश यादवको १२ वर्षकी छोरी काजल यादव र ८ वर्षकी वसन्ती यादव रहेका छन, तीनैजना बालिकाको औरही बजारको एक क्लिनिकमा उपचार भइरहेको छ ।
गम्भीर घाइते हुनेमा महोत्तरी जिल्ला औरही नगरपालिका–३ श्रीपुरका विनोद साहका १० वर्षकी छोरी मन्तोरिया साह छिन् । उनलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्