ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रीको सक्रियतामा खानेपानी समस्या सम्बोधन गर्न गठन भयो एक कार्यदल


admin

काठमाडौं । खानेपानी मन्त्रालयले देशभरिबाट प्राप्त गरेको खानेपानी सम्बन्धी समस्या तथा गुनासोहरुको सम्बोधन गर्न एक विशेष कार्यदल गठन गरेको छ ।
मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरको नेतृत्वमा बसेको बैठकले खानेपानी सम्बन्धी देशैभरिबाट प्राप्त भएका गुनासा तथा मागहरुको सम्बोधन गर्न ६ सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलमा मन्त्रालयको तर्फबाट सिनियर डिभिजनल ईन्जिनियर रामकुमार श्रेष्ठ, अर्थशास्त्री कमलकान्त पौडेल, ईन्जिनियर सुष्मा काफ्ले र सचिवालयको तर्फबाट प्रेस संयोजक शुकदेव चापागाई, सुन्दर चौधरी र ईन्द्रसिंह बुडाल रहेका छन् । कार्यदलले मन्त्रालयमा आएका समस्या तथा गुनासाहरुलाई वर्गीकरण गरी समस्याको समाधान गर्न मन्त्रालयसँग सम्बन्धित निकायहरुलाई ताकेता गर्ने छ ।
मन्त्रालयले गत भदौ २९ गते सार्वजनिक सूचना जारी गरी घरायसी प्रयोजनका लागि आवश्यक पर्ने खानेपानी संकलन गर्न आधा घण्टा (३० मिनेट) भन्दा बढी समय लाग्ने समुदाय तथा घरपरिवारको विवरण एवं गुनासाहरु माग गरेको थियो । सोही सूचनाको आधारमा देशभरिबाट समस्या तथा मागहरु मन्त्रालयले संकलन गरिरहेको छ ।
खानेपानी मन्त्री बिना मगरको विशेष सक्रियतामा मन्त्रालयले जटिल प्रकृतिका खानेपानी सम्बन्धी गुनासो एवं समस्याहरु माग गरेको थियो । प्राप्त मागहरुको यथोचित सम्बोधन गर्न स्थलगत निरीक्षणका साथै सम्भाव्यता अध्ययनका आधारमा विशेष कार्ययोजना सहित कार्य अघि बढाउने गरी मन्त्रालय लागिपरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘कोसी’ नामाकरणविरूद्धको आन्दोलनमा घाइते पदमको उपचारको क्रममा मृत्यु

विराटनगर, १० चैत । कोसी प्रदेश नामाकरणको विरोधमा चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका पदम लिम्बू ‘लाजेहाङ’को उपचारको क्रममा मृत्यु भएको छ ।

लुम्बिनीमा एमालेलाई दिएको समर्थन फिर्ता लिने तयारीमा अन्य दल

काठमाडौँ, १० चैत । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)सहितका दलहरूले नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेका छन् । माओवादी केन्द्र, नागरिक

उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय

काठमाडौँ, १० चैत । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराउने निर्णय गरेको छ

सम्बन्धित

दुई जना भारतीय नागरिकसहित १६ जना जुवाडे भक्तपुरबाट पक्राउ

होटल पौवाको ११ औं शाखा पोखराको लेकसाइडमा

अयोग्य लडाकुलाई राहत दिन गृह मन्त्रालयले थाल्यो प्रक्रिया

वैदेशिक रोजगारीमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिने

१९०२ मेगावाटको मुगु कर्णाली अघि बढाउने तयारी

दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com