ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

रेडक्रसद्धारा जेखिम वर्गका लाभग्राहीलाई थप ५० हजार रकम सहयोग


admin

रामेछाप,२४ असोज । नेपाल रेडक्रस सोसाइटी रामेछापले मन्थली नगरपालिका वार्ड नं. १ का जोखिमवर्गमा सूचिकृत ९ जना लाभग्राहीलाई थप ५० हजार रुपैया अनुदान रकम उपलव्ध गराएको छ ।

एक कार्यक्रमका बिच आज बुधबार मन्थलीमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले उक्त रकमको चेक लाभग्राहीलाई हस्तान्त्रण गर्नुभएको हो । सो अबसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी शर्माले पुर्न निर्माणकार्यमा वृद्धवृद्धाहरुको गरिएको उच्च प्रयासको स्रहाना गर्दै यही सक्रियताले पुर्ननिर्माण कार्यले गति लिएको धारणा राख्नुभएको थियो ।

जोखिम वर्गमा परेका लाभग्राही पहिचान सम्बन्धी कार्यविधि २०७४ ले ७० बर्षमाथिका वृद्धवृद्धा, ६५ बर्ष नाघेका अशक्त एकल महिला, दृष्टिविहीन, अपांगता भएका व्यक्ति तथा १६ बर्ष मुनिका नाबालिगलाई जोखिम वर्ग लाभग्राहीका रुपमा परिभाषित गरी थप रकम उपलब्ध गराउने निर्णय गरे पछि जिल्लामा पहिलो पटक उक्त रकम हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी रामेछापका सभापति शिब कुमार कार्कीले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी रामेछापका जिल्ला कार्यक्रम संयोजक जयराम बस्नेतले रेडक्रसले स्थायी निजी आवास पुननिर्माणमा थप सहयोग गर्ने उद्देश्य अनुरुप राष्टिय पुननिर्माण प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीबीच भएको सम्झौता अनुरुप जिल्लामा जोखिमबर्गमा सुचिकृत १ हजार २ सय ६३ लाभग्राहीको आवश्यक तथ्यांक संकलन पश्चात सामाजिक प्राबिधिक सहयोग उपलब्ध गराइरहेको बताउनुभयो ।

सोही अवसरमा नेपाल रेडक्रस सोसाइटीले निर्माण गरेको सुरक्षित पुननिर्माणमा भुकम्पिय सुरक्षा विधि अपनाउनुपर्ने सचेतनात्मक वृत्तचित्र “चलायमान पहाड” को समेत प्रर्दशन गरिएको थियो ।

रेडक्रस रामेछापले यस बाहेक नियमित कार्यक्रम अन्तरगत जिल्लाका रामपुर र मन्थलीमा गरि १०६९ घरधुरीमध्ये १०१९ जनालाई पहिलो किस्ता उपलब्ध गराएकोमा ८११ जनाले नीजि आवास निर्माण सम्पन्न गरेका छन भने २०८ जना निर्माण प्रक्रियामा रहेका छन । समुदायको सक्रिय सहभागिता तथा परामर्शमा भुकम्प प्रभावितका नीजि आवास सँगसँगै, खानेपानी, सरसफाई तथा स्वच्छता, जिविकोपार्जन र स्वास्थ्यका क्षेत्रमा एकिकृत वृहद कार्यक्रम संचालन गरिरहेको छ ।

यसका अतिरिक्त संस्थागत क्षमता विकासमा पनि जोड दिइ विपद प्रतिकार्यका लागि आवश्यक जनशक्ति तयार गर्ने, उपकरणकहरु सहयोग गर्ने, रक्त संचार सेवा तथा गोदामघर निर्माणमा जोड दिएको संयोजक जयराम बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली लोक लाज र नैतिकता नभएको व्यक्ति :प्रचण्ड

काठमाडौं २८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाटै हटाइएको मान्छेलाई सर्वोच्चले बिचित्रको फैसला गरेका कारण प्रधानमन्त्रीमै राखिदिएको भन्दै व्यंग्य गरेका छन्

भारतमा कोरोना संक्रमण भयावह , अन्तिम संस्कारका लागि घण्टौं लाइन

  एजेन्सी, नयाँ दिल्ली २८ चैत । कोरोना संक्रमणको फैलिँदो अवस्था भारतका कयौं राज्यका लागि चुनौतीको विषय बन्दै गइरहेको छ । संक्रमितहरुको उपचारका लागि संशोधनको अभाव

तीन दल मिल्नु घाम र जुन मिल्नु जस्तै हो : मुख्यमन्त्री गुरुङ

लमजुङ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको बताएका छन्

सम्बन्धित

८ महिनाको अवधिमा प्रत्येक नेपालीको टाउकोमा ५ हजार रुपैयाँ ऋण थपियो

हराएका प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

‘फास्ट ट्र्याक’को एउटा ठेक्का रद्द गर्न निर्देशन

हवाईजहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा

भारत सरकारको सहयोगमा तराईमा निर्माण भएका १३ ओटा सडक नेपाललाई हस्तान्तरण

नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com