ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेडक्रसद्धारा जेखिम वर्गका लाभग्राहीलाई थप ५० हजार रकम सहयोग


admin
आश्विन २४, २०७५ बुधबार   ५ : ४०   बजे

रामेछाप,२४ असोज । नेपाल रेडक्रस सोसाइटी रामेछापले मन्थली नगरपालिका वार्ड नं. १ का जोखिमवर्गमा सूचिकृत ९ जना लाभग्राहीलाई थप ५० हजार रुपैया अनुदान रकम उपलव्ध गराएको छ ।

एक कार्यक्रमका बिच आज बुधबार मन्थलीमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले उक्त रकमको चेक लाभग्राहीलाई हस्तान्त्रण गर्नुभएको हो । सो अबसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी शर्माले पुर्न निर्माणकार्यमा वृद्धवृद्धाहरुको गरिएको उच्च प्रयासको स्रहाना गर्दै यही सक्रियताले पुर्ननिर्माण कार्यले गति लिएको धारणा राख्नुभएको थियो ।

जोखिम वर्गमा परेका लाभग्राही पहिचान सम्बन्धी कार्यविधि २०७४ ले ७० बर्षमाथिका वृद्धवृद्धा, ६५ बर्ष नाघेका अशक्त एकल महिला, दृष्टिविहीन, अपांगता भएका व्यक्ति तथा १६ बर्ष मुनिका नाबालिगलाई जोखिम वर्ग लाभग्राहीका रुपमा परिभाषित गरी थप रकम उपलब्ध गराउने निर्णय गरे पछि जिल्लामा पहिलो पटक उक्त रकम हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी रामेछापका सभापति शिब कुमार कार्कीले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी रामेछापका जिल्ला कार्यक्रम संयोजक जयराम बस्नेतले रेडक्रसले स्थायी निजी आवास पुननिर्माणमा थप सहयोग गर्ने उद्देश्य अनुरुप राष्टिय पुननिर्माण प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीबीच भएको सम्झौता अनुरुप जिल्लामा जोखिमबर्गमा सुचिकृत १ हजार २ सय ६३ लाभग्राहीको आवश्यक तथ्यांक संकलन पश्चात सामाजिक प्राबिधिक सहयोग उपलब्ध गराइरहेको बताउनुभयो ।

सोही अवसरमा नेपाल रेडक्रस सोसाइटीले निर्माण गरेको सुरक्षित पुननिर्माणमा भुकम्पिय सुरक्षा विधि अपनाउनुपर्ने सचेतनात्मक वृत्तचित्र “चलायमान पहाड” को समेत प्रर्दशन गरिएको थियो ।

रेडक्रस रामेछापले यस बाहेक नियमित कार्यक्रम अन्तरगत जिल्लाका रामपुर र मन्थलीमा गरि १०६९ घरधुरीमध्ये १०१९ जनालाई पहिलो किस्ता उपलब्ध गराएकोमा ८११ जनाले नीजि आवास निर्माण सम्पन्न गरेका छन भने २०८ जना निर्माण प्रक्रियामा रहेका छन । समुदायको सक्रिय सहभागिता तथा परामर्शमा भुकम्प प्रभावितका नीजि आवास सँगसँगै, खानेपानी, सरसफाई तथा स्वच्छता, जिविकोपार्जन र स्वास्थ्यका क्षेत्रमा एकिकृत वृहद कार्यक्रम संचालन गरिरहेको छ ।

यसका अतिरिक्त संस्थागत क्षमता विकासमा पनि जोड दिइ विपद प्रतिकार्यका लागि आवश्यक जनशक्ति तयार गर्ने, उपकरणकहरु सहयोग गर्ने, रक्त संचार सेवा तथा गोदामघर निर्माणमा जोड दिएको संयोजक जयराम बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group