ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

अन्य पत्रिकाको तुलनामा ‘गोरखापत्र’ सबैको पत्रिका बनाइनेछ : अध्यक्ष भण्डारी


admin

काठमाडौं,२४ असोज ।  गोरखापत्र संस्थानका नवनियुक्त कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले राष्ट्रिय समाचार समिति (रासस)सँग सहकार्य गरेर गोरखापत्रलाई अझ पठनीय बनाइने बताउनुभएको छ ।

संस्थानमा आज आयोजित पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “राससलाई हामीले भुल्नुहुँदैन । रासससँग सहकार्य गरेर नै गोरखापत्रलाई अझ राम्रो पठनीय बनाइने छ ।”

‘गोरखापत्र’ नेपालको पत्रकारिता जगत्को सम्पदा भएकाले यसको संरक्षण गर्न जरुरी छ भन्दै उहाँले नयाँ प्रकारका समाचार, लेख र विचारबाट ‘गोरखापत्र’को पुरानो परिभाषा बदल्नुपर्नेमा जोड दिनुभयो । कार्यकारी अध्यक्ष भण्डारीले आफू जागीर खान मात्र नआएको बताउँदै ‘गोरखापत्र’लाई तीन करोड नेपालीको पत्रिका बनाउने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“अन्य पत्रिकाको तुलनामा ‘गोरखापत्र’ सबैको पत्रिका बनाइनेछ” उहाँले भन्नुभयो, “छापा पत्रकारिता भनेको नै ‘गोरखापत्र’ हो भन्ने बनाउने हो । त्यसका लागि सम्पादकीय सशक्त हुनुपर्दछ ।

” उहाँले मुलुक नयाँ युगमा प्रवेश गरेकाले ‘गोरखापत्र’ले सरकार र जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने बताउनुभयो । कार्यकारी अध्यक्ष भण्डारीले सम्पादकीय समूह र कर्मचारीको सहयोगबाट नै गोरखापत्रलाई नयाँ उचाइमा पु¥याइने बताउनुभयो ।

कार्यक्रममा ‘गोरखापत्र’का निमित्त प्रधानसम्पादक श्रीओम श्रेष्ठले आफ्नो स्तम्भ(मोही माग्ने ढुङ्ग्रो लुकाउने)बाट पाठकलाई पु¥याएको योगदानसरहकै अपेक्षा कार्यकारी अध्यक्षबाट ‘गोरखापत्र’ले पनि चाहेको बताउनुभयो ।

कार्यक्रममा ‘द राइजिङ नेपाल’का निमित्त प्रधानसम्पादक जगदीश पोखरेल, ‘गोरखापत्र’का प्रबन्ध सम्पादक हरिकला अधिकारी, गोरखापत्र सञ्चालक समितिका सदस्य मुकुन्द चिमोरिया र आधिकारिक ट्रेड युनियन अध्यक्ष विष्णु खनालले नवनियुक्त अध्यक्षको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँलाई गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चार वर्षका लागि कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ

गलकोट, ३ वैशाख  :बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा¥यो । घटनाको प्रकृति हेर्दा

हराएको ३७ वर्षपछि फकिएको मूर्ति हस्तान्तरण

काठमाडौँ, ३ वैशाख :ललितपुर महानगरपालिका–१६ स्थित नारायण मन्दिरमा रहेको मूर्ति हराएको ३७ वर्षपछि फेला परेको छ । संयुक्त राज्य अमेरिकामा फेला परेको मूर्ति बिहीबार पुरातत्व

मौलिक सिर्जनाबाट मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्र्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ, २ वैशाख: राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा विकसित कलाको सिद्धान्त र प्रवृत्तिको अध्ययन गरी मौलिक सिर्जनाका माध्यमबाट देशको प्रतिष्ठा अभिवृद्धि गर्नेतर्फ कलाकार अग्रसर हुनुपर्ने बताउनुभएको

सम्बन्धित

साथीको हत्या गरेलगत्तै हत्यामा संलग्न खुलाल पक्राउ

‘नौटङ्की माया’ लोकार्पण

मौलिक सिर्जनाबाट मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्र्नुपर्छ : राष्ट्रपति भण्डारी

प्रेस चौतारीका तीन पदाधिकारी पदमुक्त

वीरगञ्जमा एक युवकको कोरोना सङ्क्रमण कारण मृत्यु

आइपिएलको चौथो खेलमा सर्वाधिक रन- २२१ : २१७, पञ्जाबसँग राजस्थान ४ रनले पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com