काठमाडौं, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट काठमाडैं निर्वाचन क्षेत्र नम्बर ७ का निर्वाचित सांसद रामवीर मानन्धरले बामदेव गौतमलाई सम्मानस्वरुप आफ्नो पद छोड्न लागेको बताएका छन्। आज पत्रकार सम्मेलन गर्दै मानन्धरले पार्टी सचिवालयमा आफुले राजीनामा दिइसकेको बताए।
देशले विकास चाहेको बताउँदै उनले विकास निर्माणमा बामदेव गौतम संसदमा आएपछि धेरै सम्भावना हुने दावी गरे। ुजनताले चाहेको विकास होु, उनले भने, जनताको अपमान होइन सम्मानकै लागि उहाँलाई छोड्न लागेको हुँ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल र नेता बामदेव गौतमसँग यसबारे कुरा भएको उनले बताए। उहाँहरुले ुसाँच्चै छोड्न लाग्नु भएको हो भन्दै प्रश्न गरेको उनले बताए।
गौतम देशलाई केही दिन सक्ने नेता भएकोले आफुले राजीनामा गरेर बाटो खाली गर्न लागेको उनको भनाई छ। उहाँको योगदान ठूलो छ, उनले भने, गौतमलाई सम्मानस्वरुप छोड्न लागेको हुँ। काठमाडौं ७ सहजै जित्न सकिने ठाउँ हो। आफ्नो चाहना विकास भएको भन्दै उनले कुनै लेनदेनमा संसद छोडन् नलागेको प्रष्टाए।
प्रतिक्रिया दिनुहोस्