
छबी सापकोटा
काठमाडौं, २३ असोज । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना भएको अढाई महिनाभन्दा समय बितिसकेको छ । तर हत्या प्रकरणको सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म घटनामा संलग्न दोषीको सुईंको समेत पाउन सकेको छैन । सरकारबाट गठित समितिले गुपचुपमा गृहमन्त्रालयमा बुझाएको र आइतबार मात्र सार्वजनिक प्रतिवेदनमा समेत हत्या कस्ले गरेको खुल्ला नसक्नुले सुरुबाट नै निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरीको चरम लापरबाही भएको देखिएको छ ।
गत साउन १० गते साथीको घरबाट बिद्यालको गृहकार्य सकेर घर जादै गरेकी निर्मलाको बलात्कारपछि हत्या भएको अढाई महिना भन्दा बढि समय भएको छ । निर्मलाको हत्या गर्नेहरुलाई कारवाहीको माग गर्दै विरोध एवं दवाव कार्यक्रमहरू भए पनि यसबीचका सबै अनुसन्धान हत्यारा पत्ता लगाउन असफल भएका छन् । प्रहरी अनुसन्धानले सत्यतथ्य ल्याउन नसकेपछि सरकारबाट गठित अनुसन्धान समितिको प्रतिवेदनले समेत दोषिको किटानी गर्ने सकेको छैन ।
सरकारले गठन गरेको अनुसन्धान टोलीले दिएको प्रतिवेदनमा निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले चरम लापरबाही गरेको निष्कर्ष निकालेको छ । प्रतिवेदनमा निर्मला हराएकै दिनमा प्रहरीलाई जानकारी गराएको भए पनि प्रहरीले वेवास्ता गरेको, घटनासंग सम्बन्धित प्रमाण नष्ट गर्नेकाममा प्रहरीकै संलग्नता रहेकोले दोष सबै प्रहरीतर्फ खनिएको छ । यता निर्मला बलात्कारपछि हत्या भएको घटनामा थप दुई प्रहरी निलम्बनमा परेका छन् । प्रहरी नायव निरीक्षक हरसिंह धामी र प्रहरी जवान चादनी साउद निलम्बनमा परेका हुन् । चादनीले निर्मलाको शवबाट सुरुवाल तानेर पखालेकी थिइन् । यसअघि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामी निलम्बनमा परिसकेका छन ।
सरकारी अनुसन्धान समितिको प्रतिवेदनमा निर्मला हत्या प्रकरणका दोषि पत्ता लगाउनका लागि प्रहरीले केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाएको नमुना शंकास्पद भएको समेत बतँइएको छ । प्रहरीले अझैसम्म अपराधि पत्ता लगाउन नसकेपछि चौतर्फि प्रहरी संगठनकै आलोचना भइरहेको छ ।
प्रतिवेदनअनुसार जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले तयार पारेको बरामदी मुचुल्कामा लगाएको कपडामा समेत दुई थरीको भएकोले समेत प्रहरीकै संलग्नतामा अपराधी लुकाउन खोजीएका देखिन्छ । नियतबंश नै प्रमाणका कडिहरु भत्काउने प्रयास भएको मानव अधिकारकर्मीको बुझाइ छ । ।
यस्तै मानव अधिकारवादीहरुको यसरी घटना लुकाउन खोजीलेले कतै न कतै अनुसन्धान बिग्रनेमा प्रहरी संगठनको भुमिका रहेको घटनाले देखाएको छ । प्रहरीले बलत्कारपछि हत्या जस्तो जघन्य अपराधको अनुसन्धानमा सुरुदेखि हेलचक्राई गर्न खोेजेको घटनाले अपराधी प्रहरीकै सरक्षणमा हुन सक्ने अनुमान अझै देखिन्छ ।
यता उच्चस्तरीय छानबिन समितिले प्रहरी अनुसन्धान फितलो र शंकास्पद भएको भन्दै फेरि पनि सुक्ष्म अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ । अपराध पत्ता लगाउने आधार प्रहरीबाट नै नष्ट गरिएको सम्भाबित प्रमाणहरु सुरु देखि अहिलेसम्म नष्ट गर्ने काम भइररहेकाले निमर्लाले न्याय पाउनेमा समेत आंशका देखिएको छ।







प्रतिक्रिया दिनुहोस्