ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाडपर्वमा नारायणगढ–मुग्लिन यस वर्ष सहज


admin
आश्विन २२, २०७५ सोमबार  ५ : ०० बजे

चितवन, २२ असोज । विगतका वर्षमा चाडपर्वका बेला यात्रुले दुःख पाएको नारायणगढ–मुग्लिन सडकखण्ड यस वर्ष सहज हुने भएको छ ।

गएका तीन वर्ष सडक विस्तारका क्रममा रहेकाले दशैँ, तिहार, छठजस्ता पर्वमा राजधानी बाहिरिने यात्रुले दुःख पाएका थिए । त्यसअघिका वर्षमा साँघुरो र भत्किएको सडकका कारण यात्रुले सास्ती पाएका थिए ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार सडक विस्तारको काम सम्पन्न भएकाले अब यात्रुले सो सडक एक घण्टाभित्रमा पार गर्न सक्नेछन् ।

सडक नौ मिटरदेखि ११ मिटर चौडा रहेको छ । सडकका १८ ठाउँमा ५.५ मिटरदेखि छ मिटर चौडा पुल रहेका छन् । तीन ठाउँमा सडक भाँसिएको छ । ती ठाउँमा सडक साँघुरा भए पनि सवारी आवागमनमा खासै समस्या नभएको खनालले बताउनुभयो ।

भदौ २६ गते करीब ११ घण्टा पहिराले सडक अवरुद्ध पारेको थियो । त्यसयता पहिरो नखसेको खनाल बताउनुहुन्छ । सडकका पुलको मुखमा गति रोक्ने संरचना बनाइएको छ । ती संरचना बनाएसँगै दुर्घटनामा समेत कमी आएको बताइएको छ ।

सो सडक ३९ महीनामा निर्माण सम्पन्न भएको हो । शुरुमा रु दुई अर्ब ९० करोडमा ठेक्का दिइएको भए पनि पहिरो, समय थप, काम वृद्धि लगायतका कारण लागत रकम रु तीन अर्ब २७ करोड पुगेको उहाँले बताउनुभयो । सो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारी आवागमन गर्ने गर्दछन् । चाडपर्वका बेला यो सङ्ख्या थपिने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com