ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थाले पूर्वविद्यार्थीले बालकक्षा सुधार अभियान


admin
आश्विन २१, २०७५ आईतबार  ११ : ५२ बजे

बागलुङ, २१ असोज । बालबालिकामा गुणस्तरीय शिक्षाको जग बसाल्न यहाँको एक सामुदायिक विद्यालयका पूर्वविद्यार्थीले बालकक्षा सुधार अभियान थालेका छन् । सदरमुकामस्थित विद्यामन्दिर माविका पूर्वविद्यार्थीले बालकक्षाको व्यवस्थापकीय सुधारमा लगानी गरेका हुन् ।

अभियानको अगुवाइ सुवासकुमार राजभण्डारी, मुकेश राजभण्डारी, राजेन्द्र आचार्यलगायतले गरेका छन् । अभियानमा देश विदेशमा रहेका पूर्वविद्यार्थीबाट सहयोग आउने क्रम शुरु भएको छ ।

हालसम्म रु दुई लाख सङ्कलन भएको पूर्वविद्यार्थी मुकेश राजभण्डारीले जानकारी दिनुभयो । विसं १९९७ मा खुलेको विद्यामन्दिर मावि जिल्लाकै जेठो विद्यालय हो । मावि तहसम्म पढाइ हुने यस विद्यालयमा १४०० विद्यार्थी अध्ययनरत छन् ।

शुरुमा पूर्वविद्यार्थी निर्देश राजभण्डारीले आफ्नो जन्मदिनको अवसरमा रु २५ हजार प्रदान गर्नुभएको थियो । “आफूले पढेको विद्यालयमा केही गर्ने सोच आएपछि बालकक्षा सुधारमा लाग्यौँ”, राजभण्डारीले भन्नुभयो । सानो प्रयास र लगानीमा पनि व्यवस्थापकीय सुधारको काम गर्न सकिने विश्वास पूर्वविद्यार्थीमा छ ।

भौतिक सुधारदेखि बालबालिकाको पोशाक, शैक्षिक सामग्रीमा यो वर्ष रु छ लाखको योजना अघि बढेको छ । विद्यालय आउने बानी पार्न र सिकाइ बढाउन बालबालिकालाई निःशुल्क खाजासमेत व्यवस्था गरिएको छ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले यसै साता बालबालिकालाई खाजा वितरण गर्नुभएको थियो ।

पूर्वविद्यार्थीसमेत रहनुभएका श्रेष्ठले खाजा व्यवस्थापनमा दुई वर्षसम्म मासिक रु एक हजार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । पूर्वविद्यार्थीको पहलमा बालकक्षा सुधारको काम अघि बढ्नु सह्रानीय रहेको विद्यालयका प्रधानाध्यापक जगन्नाथ आचार्यले बताउनुभयो ।

५० बाललबालिका अट्ने गरी कक्षा कोठा व्यवस्थापन गरिएको छ । सिकाइको गुणस्तर बढाएर थप बालबालिका आकर्षित गर्ने र उनीहरूलाई टिकाइराख्ने विद्यालयको योजना छ । पूर्वविद्यार्थीकै पहलमा निःशुल्क खाजासँगै पोशाक, शैक्षिक सामग्री र शिक्षक व्यवस्थापनको काम पनि अघि बढेको छ ।

बालकक्षामा प्रायः गरीब र विपन्न वर्गका बालबच्चाले पढ्ने हुँदा सहयोगको खाँचो रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासकुमार राजभण्डारीले बताउनुभयो ।

“सामुदायिक विद्यालयको बालबालिकाले पनि गुणस्तरीय शिक्षाको अवसर पाउन् भनेर अभियान थालेका हौँ”, उहाँले भन्नुभयो । बाल विकास केन्द्रमा अहिले २८ बालबालिका छन् । तीमध्ये अधिकांश किसान, मजदुर र न्यून आय भएका परिवारबाट आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

सम्बन्धित

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

लिपुलेकबारे नेपालको दाबी भारतद्वारा अस्वीकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com