ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थारु संग्राहलय राजनितिक खिचातानि हुदाँ संकटमा


admin

दाङ, २१ असोज । २०६६ सालमा घोराही उपमहानगरपालिका २ पनौरामा स्थापना गरिएको थारु सांस्कृतिक संग्रहालयमा राजनीतिक विवाद भएपछि संकटमा परेको छ । थारु समुदायको संस्कृति र पहिचानसँग जोडिएर स्थापना गरिएको उक्त थारु संग्राहलय अहिले संरक्षणको अभावमा परेको छ ।

संरक्षणको अभावमा थारु जातिसँग जोडिएर निर्माण गरिएका सामाग्री समेत विग्रन थाले पछि अहिले संग्राहलय संकटमा परेको सरोकारवालाहरु बताउँछन । स्थापना भएको केही वर्षसम्म सञ्चालनमा आए पनि अहिले संग्राहलय पुर्ण रुपमा बन्द रहेको छ ।

स्थापनाकालमा देशको विभिन्न ठाउँ र बाहिर देशबाट जिल्लामा आउने पर्यटकहरु अवलोकन गर्न आउने गरेका थिए । तर करिब तीन बर्ष यता देखि संग्रहालय बन्द भए पछि संग्रहालयमा अवलोकन गर्न आउने पर्यटकहरु फर्केर जाने गरेको पत्रकार एवम त्यहाँका स्थानिय सन्तोष दहित बताउनुभयो ।

यस्तै संग्रहालयको संरक्षणको भूमिका निभाउँदै आएको थारु कल्याणकारिण सभाको नेतृत्व चयनमा देखिएको राजनीतिक खिचा तानिले संग्रालय संकटमा परेको दहित बताउनुभयो ।

लामो समयसम्म संग्राहलय खुल्न नसेपछि संग्राहलय भित्र रहेका विभिन्न सामग्रीहरुमा ढुसि लागेर कुहिन थालेको संग्रहालय संरक्षकहरुको भनाई छ । त्यस्तै थारु समुदायभित्र विवादका कारण संग्रहालयको नाममा आएको रकम पटक पटक फ्रीज भएर जाने गरेको छ ।

संग्रहालयको भौतिक निर्माण तथा व्यवस्थापनका लागि पुरातत्व विभाग काठमाण्डौले संग्रहालयको भौतिक पुर्वाधारमा सुधार तथा निर्माणको लागि बजेट छुट्याए पनि सम्बन्धित निकायले सम्झौता गर्न नआए पछि बजेट फ्रिज हुने गरेको संग्राहलय निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गरेका लोक संस्कृतविद डाक्टर गोविन्द आचार्य बताउनुभयो ।

थारु जाति भित्रको राजनीतिक विवादले संग्राहलय संकटमा परेको उहाँले बताउनुभयो । उक्त संग्रहालयको व्यवस्थापन समितिका सचिव समेत रहेका थम्मन चौधरीले आफुले संग्रहालयको विकासका लागि धेरै कोसिस गर्दा पनि साथीहरुले साथ नदिएपछि संग्रहालय यस्तो अवस्था हुन पुगेको बताउनुभयो ।

थारु समुदायको बाहुल्य रहेको जिल्लामा एउटा थारु संग्राहलयको विकासका लागि थारु अगुवाहरुसंग पटक–पटक छलफल गरेपनि खासै चासो नदिएपछि आफु पनि चुप लागेर बसेको उहाँले बताउनुभयो ।

संग्रहालयमा थारु समुदायको पहिचान भल्किने विभिन्न सामग्रीहरु राखिएका छन् । परम्परागतमा थारु समुदायले प्रयोग गर्दै आएका विभिन्न किसिमका माटाका भाडाँकुडाका सामाग्रीहरु राखिएका छन् ।

त्यसैगरि पुर्खाहरुले लगाउदै आएका भेषभुषा, खेतिपातीमा प्रयोग गर्दैआएको हलो, वर्षामा ओढने छत्री, धान राख्नको लागि माटोका भाँडा ‘डेहरी’, भात पकाउने माटाका भाँडा, तरकारी चलाउने काठको डाडु राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com