ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसको राजधानीमा रोबोट वेश्यालय , अंग्रेजी र चिनियाँ भाषामा कुरा गर्ने


एबीसी न्यूज
आश्विन २१, २०७५ आईतबार  ९ : २७ बजे


मस्को, एजेन्सी , २१ असोज । रुसको राजधानीमा एउटा रोबोट वेश्यालय खुलेको छ, यहाँ रोबोटलाई सेक्स डलको रूपमा सेवाका लागि राखिएको छ । यो रुसको पहिलो यस्तो वेश्यालय हो जहाँ रोबोटहरूले सेवा प्रदान गर्ने छन् । खुले देखि नै आफ्ना विविध विशेषताहरूका कारण चर्चामा रहेको यो वेश्यालयको संचालक कम्पनीले यस अघि नै स्पेन र इटालीमा यस्तो वेश्यालय संचालनमा ल्याइसकेको छ ।

द सनमा प्रकाशित समाचार अनुसार सेक्स डल म्युजियमका नामले संचालित स्पेन र इटालीका ती वेश्यालयभन्दा मस्कोमा खुलेको वेश्यालय धेरै कुराले भिन्न रहेको बताइएको छ । यहाँ राखिएका सेक्स दलहरूको तापक्रम नियन्त्रण गर्न सकिने र यिनको गुप्ताङ्गमा समेत तापक्रम नियन्त्रण प्रणाली रहेको बताइएको छ ।
यति मात्र नभएर यी डलहरूले ग्राहकहरूको इच्छा अनुसार ‘फोहोर कुरा’ समेत गर्न सक्छन् । अर्थात कुनै ग्राहकले यिनीहरूसँग ‘फोहोर कुरा’ गर्न चाहेको खण्डमा यिनीहरूले त्यसो समेत गर्न सकिने गरेर यिनीहरूलाई निर्माण गरिएको छ । समाचारहरूमा जनाइए अनुसार ‘आर्टिफिसियल इन्टेलिजेन्स’बाट संचालन हुने यी डलहरू अंग्रेजी र चिनियाँ भाषामा कुरा गर्न सक्छन् ।
त्यसका साथै यिनीहरूलाई लचकदार बनाइएकाले ग्राहकले चाहेको आसन समेत उपलब्ध गराउन तिनीहरू सक्षम रहेको जनाइएको छ । स्थानीय मिडियाका अनुसार यी डलहरूको नाम ‘एमा’ राखिएको छ र ५ फीट ४ इन्च अग्ला यिनीहरूलाई ग्राहकले छुँदा यिनले प्रतिक्रिया दिने गरेको बताइएको छ ।
तर समाचारहरूमा यस्तो सेवा लिन चाहने ग्राहकले भने निकै ठुलो रकम खर्च गर्नु पर्ने जनाइएको छ । यस्ता डलहरूसँग एक घण्टा समय बिताउन ८० डलर खर्च गर्नु पर्ने छ जुन नेपाली मुद्रामा लगभग साढे नौ हजार हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com