ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्योगी ब्यवसायीले आफै निती बनाउनुहोस् म हस्ताक्षर गरिदिन्छु : उद्योगमन्त्री मातृका यादव


sharan sharan
आश्विन २०, २०७५ शनिबार  ९ : २६ बजे

बुटवल, २० असोज । संघीय सरकारका उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री मात्रिका प्रसाद यादवले उद्योगी व्यवसायीहरुले भने जस्तो लगानी मैत्री वातावरण बनाउनको लागि अहिलेको सरकार लागी परेको बताउनुभएको छ ।
रुपन्देही उद्योग संघको ४० औ बार्षिक साधाण सभालाई बुटवलमा सम्बोधन गर्दै मन्त्री यादवले व्यवसयीहरुले गरेको लगानी उद्योगमा जहिले पनि सुरक्षित रहेको बताउदै लगानी मैत्री र उद्योगमा भएको लगानी सुरक्षित गर्ने जिम्म सरकारले लिने बताउनुभयो । उद्योगी व्यवसायीको हित विना देश विकास संभव नभएको भन्दै उहांले संघीय सरकार प्रदेश सरकार र स्थानिय सरकार मिलेर मात्र देशमा उद्योग धन्दाको विकास संभव हुने बताउनुभयो ।
कतिपय व्यवसायीहरुले लगानी मैत्री वातावरण भएन, उद्योग खोल्ने स्थान अभाव भयो, व्यवसायी मैत्री उद्योग नीति आएन जस्ता कुरा गर्ने गरेको बताउदै मन्त्री यादवले व्यवसायीहरुले कस्तो नीति चाहिएको हो त्यो आफुले तयार गर्ने आश्वासन दिनुभयो । उहांले आफु एक्लै र संघीय सरकारका प्रधामन्त्री एक्लैले पनि देशमा समृद्धि ल्याउन नसक्ने भन्दै सरकार नीजि क्षेत्र संग हातेमालो गरेर अगाडी बढ्न तयार रहेको स्पष्ट पार्नुभयो । उहांले भन्नु भयो–‘नीति कस्तो चाहिन्छ, के चाहिन्छ, भन्नु्स, लिएर आउनुस, म हस्ताक्षर गर्न तयार छु ।’
अहिले सरकार ५ बर्ष सम्म टेस्ट गेम खेल्ने सरकार जस्तै भएको भन्दै उहांले संघीयताको अभ्यासको सुरुवाती चरणणमा उद्योगी व्यवसायीहरुबाट आएको करको कुरा जायज भएको भन्दै कर उठाएर त्यसको सहि रुपमा सदुपयोग हुनेमा सरकार ढुक्क भएको समेत दाबी गर्नुभयो ।
प्रदेश नम्बर ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गीरीले प्रदेश सरकरा उद्योग मैत्री निती बनाउने तयारीमा रहेको भन्दै यस्मा नीजि क्षेत्र संगको हातेमालो आवश्यक रहेको बताउनुभयो । उहांले सबैलाई समेटर मात्रै प्रदेश समृद्धिको बाटोमा अगाडी बढ्ने बताउदै यसमा नीजि क्षेत्रको भुमिका अझ शसक्त भएको बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष हरिभक्त शर्मा, प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ, पुष्पा थरुनी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, सिएनआई प्रदेश ५ संयोजक एजाज आलम, नेकपा जिल्ला कार्यदल सदस्य निर्मल जिसी, नेपाली काग्रेस नगर सभापती खेलराज पाण्डे लगायतले नेपाल समृद्धि देश बनाउनको लागि लगानी मैत्री वातावरण आवश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com