ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म रैथाने श्रमजीवी उद्यमी हुँ, काम नगरी बस्नै सक्दिन : पर्यटन व्यवसायी शाक्य


admin
आश्विन २०, २०७५ शनिबार  ४ : ५१ बजे

 

काठमाडौं,२० असोज । ‘म रैथाने श्रमजीवी उद्यमी हुँ, काम नगरी बस्नै सक्दिन, काम नगर्ने हो भने ८० वर्षअघि नै म बाँच्दिन’ यो भनाइ हो, ७६ वर्षीय वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्य । उमेरले नेटो काटे पनि श्रम गर्ने जोशले छेकेको छैन शाक्यलाई । ‘म यहाँ पेन्टिङ गर्न आएको हुँ,‘आइ एम अ अल्सो पेन्टर’ चरा र प्रकृतिको चित्र कोर्दै गरेका शाक्यले भन्नुभयो ।

शाक्यको श्रम अनुकरणीय छ । यो उमेरमा पनि उहाँ ७७ जिल्लाका गाउँगाउँमा घुमिरहनु हुन्छ । “महिनाको तीन पटक गाउँ जान्छु । अहिले पनि म परिवारसँग हिँडे भने कसैले भेट्न सक्दैन । पहिला ठमेल सिर्जना भो, त्यसपछि झमेल(झम्सिखेल) स्थापना भयो र यो ठाउँलाई बूढानील भनेर नामाकरण गर्ने प्रयास गरेको छु रेस्टुराँको नाम नै बूढानील राखिएको छ,”–शाक्यले भन्नुभयो ।

‘सफलता उचाइबाट नाप्ने हैन लम्बाइबाट नाप्ने हो’ सफलताको शिखरतर्फ उन्मुख व्यवसायी शाक्यको विचारमा कतिवटा होटल छ, त्यो मुख्य कुरा होइन । कति तलाको घर छ, बैंकमा कति सञ्चय छ, त्यो ठूलो कुरा छैन तर आफूले शुरु गरेको उद्योग भावी पुस्ता (छोरा नाति) ले चलाउन सक्छन् की सक्दैनन् भन्ने चिन्ता छ ।

व्यापारमा विश्वास नभए सफलतामा पुग्न कठिनाइ हुन्छ । सबैथोक मैले नै गर्छु भन्ने सोचले कहिल्यै उँभो लागिंदैन । शाक्य भन्नुहुन्छ,“मसँग अहिले तत्कालै चार करोडको चेक लेख्नै हैसियत छैन । छ मसँग जग्गा जमीन । अहिले ३० करोडको चेक सुपारी चपाउँदाचपाउँदै लेख्ने मान्छे पनि छन्, तर मसँग त्यो पैसा छैन । श्रम छ वस् श्रमजीवी छ । म काठमाडौँको रैथाने श्रमजीवी उद्यमी हु ।”

पार्क भिलेजलाई ‘फुड डेस्टिनेसन’ को रुपमा विकास गर्न उद्देश्यका साथ जापानी खाना र नेवारी परिकारको रेस्टुराँ शुरु गरिएको उहाँले सुनाउनुभयो । अहिले शाक्यसहितका व्यवसायीको अगुवाइमा नेपाली रैथाने खानाको विश्वव्यापी प्रचार अभियानअन्तर्गत संसारका १०० भन्दा बढी मुलुकमा रैथाने खानाको प्रचार भइरहेको छ ।

सरकारी जागिर छोडेर होटल 

कर्ण शाक्य सन् १९६८ मा वन विभागमा जागिरे हुनुहुन्थ्यो । तत्कालीन पञ्चायत व्यवस्थाका कारण जागिर चटक्कै छोड्नुभयो । त्यसैबेला सोच आयो अब म होटेल खोल्छु । कस्तो होटल ? ठमेलमा बगैँचा नभएकाले प्रकृतिप्रेमीका निम्ति बस्ने खालको होटल बनाउँछु, भन्ने सोचको जन्म भयो । सोही सोचले सन् १९६९ मा काठमाडौँ गेस्ट हाउसको जन्म भयो ।

केजिएच ग्रुपले दुईटा काम गर्छ, एउटा कर्णज ग्रुप अफ होटल र अर्को सबैभन्दा पुरानो काठमाडौँ गेष्ट हाउस । यो दुईको सम्मीश्रणबाट केजिएच ग्रुपको ५० वर्ष पूरा भयो । शाक्यले बूडानीलकण्ठस्थितसँगै शिवपुरी राष्ट्रिय निकुञ्ज जोडिएको रु ७० हजारमा किनेको जग्गा आज ५५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

शिवपुरी निकुञ्ज संसारमै एउटै मात्र निकुञ्ज हो, जुन राजधानीभित्र पर्छ । देशमा ८१७ प्रजातिका चराचुरुङ्गी छन् तीमध्ये यो निकुञ्जमा ३४२ प्रजाति चराचुरुङ्गी पाइन्छ । हरियाली कायम गर्न शाक्यले होटल परिसरमा आफैँले चार हजार बिरुवा रोपेको स्मरण गराउनुभयो ।

पाँचवटा अन्तर्राष्ट्रिय अवार्ड 

होटल क्षेत्रमा महत्वपूर्ण योगदान गरेको गेष्ट हाउस (केजीएच) समूहले स्थापनाको ५०औँं वर्ष पूरा गरेको छ । उक्त समूहले हालै पाँचवटा अन्तर्राष्ट्रिय पुरस्कारसमेत हात पारेको छ । भारतको मुम्बईमा आयोजित साउथ एशियन ट्राभल अवार्डमा केजीएचले विभिन्न पाँच विधामा पुरस्कार जितेको हो ।

यो समूहले ‘बेष्ट हेरिटेज होटल इन नेपाल’, ‘बेष्ट बुटिक होटल इन नेपाल’, ‘बेष्ट सीएसआर होटल इन नेपाल’, ‘बेष्ट लिडिङ कन्फ्रेन्स होटल इन नेपाल’ र ‘बेष्ट रोमान्टिक होटल इन नेपाल’ गरी पाँच विधामा अवार्ड प्राप्त गर्न सफल भएको कम्पनीले जनाएको छ ।

सन् १९६८ मा काठमाडौँ गेष्ट हाउसबाट होटल व्यवसाय शुरू गरेको केजीएजले हाल काठमाडौँको ठमेलमा काठमाडौँ गेष्ट हाउस, बूढानीलकण्ठमा पार्क भिलेज होटल तथा रिसोर्ट, नक्सालमा माया म्यानोर बुटिक होटल, पोखरामा हिमालयन फ्रण्ट होटल र वाटरफ्रण्ट रिसोर्ट, लुम्बिनीमा बुद्धमाया गार्डेन होटल तथा चितवन राष्ट्रिय निकुञ्जमा मारुणी सेञ्चुरी लज गरी सातवटा होटल लज तथा रिसोर्ट सञ्चालन गरिरहेको छ । यो समूहको होटलमा अहिले करीब ८०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

केजीएच समूहका अध्यक्ष सुनील शाक्यले मुलुकको पर्यटन विकासका लागि विभिन्न कठिनाइबीच पनि लगानी अभिवृद्धिको नीति लिएको उल्लेख गर्नुभयो । पार्क भिलेजमा जापानी रेष्टुराँसँगको सहकार्यमा जापानी खाद्य सामग्री उत्पादन तथा बिक्री वितरण गर्न थालेको यो समूहले हालै नेवारी किचेन सञ्चालनमा ल्याएको छ ।

शिक्षण होटलको रूपमा विकास गरिँदै 

होटल क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले पार्क भिलेज होटलमा ‘रेसिडेन्सी होटल तालीम सेन्टर’ सञ्चालनमा ल्याइएको छ । होटल व्यवसायमा देखिएको दक्ष कामदारको अभाव पूर्ति गर्न शिक्षण थलोको होटलका रूपमा विकास गर्दै गएको केजीएच समूहका अध्यक्ष शाक्यले उल्लेख गर्नुभयो ।

होटलमा देखिएको जनशक्ति अभाव पूर्ति गर्न विगत सात÷आठ महीनादेखि होटल एकेडेमी सञ्चालन गरेको केजीएच समूहका मुख्य सञ्चालन अधिकृत सञ्जीव थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

१८ गतेदेखि चुनावसम्म रात्रिकालीन व्यवसाय बन्द

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com