ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घाँस दाउरा बेचेर भएको आम्दानी विद्यालयलाई


admin

 

म्याग्दी, २० असोज । बेनी नगरपालिका–३ भकिम्लीमा रहेको मुसुङ्डोले आधारभूत विद्यालयलाई स्थानीय सामुदायिक वन समूहले आर्थिक सहयोग गरेका छन् ।

विद्यालयको ५५ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित समारोहमा मुुसुङ डोलेमा रहेका तीन सामुदायिक वन उपभोक्ता समूहले दुई लाख २५ हजार सहयोग गरेका हुन् । जङ्गलको घाँस दाउरा र काठ बेचेर भएको आम्दानीबाट विद्यालयलाई सहयोग गरेका व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर थापाले बताउनुभयो ।

मुसुङ डोलेखानी सामुदायिक वन उपभोक्ता समूहले रु एक लाख ५० हजार, लुसेपानी रानीदास सामुदायिक वनले रु २५ हजार र बराहताल वन समूहले रु ५० हजार सहयोग गरेका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

यसैगरी डोले सिर्जना आमा समूहले रु एक लाख, आफ्ना दिवङ्गत बुबा यामबहादुर श्रीसको स्मृतिमा उहाँका छोरा दलबहादुरले रु ३१ हजार ५०५, जय श्रीसले रु २० हजार, बिलबहादुर पुनको स्मृतिमा श्रीमती मनदेवी पुनले रु १० हजार ५०० सहयोग गर्नु भएको छ ।

सहयोग रकम विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकको तलबमा परिचालन गरिने प्रध्यानाध्यपक शेरबहादुर विकले बताउनुभयो । कक्षा ८ सम्मको पठनपाठन हुने १६५ जना विद्यार्थी रहेका सो विद्यालयमा पाँचजना दरबन्दी र पाँचजना निजी स्रोतका शिक्षक छन् ।

समारोहमा सङ्घीय सांसद भूपेन्द्र थापा र गण्डकी प्रदेश सांसद विनोद केसीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा जोड दिँदै दरबन्दी व्यवस्थापनका विषयमा नीतिगत रुपमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा भवन निर्माणका लागि दुई रोपनी जग्गा उपलब्ध गराउनु भएका हर्कबहादुर थापामगरलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com