ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घाँस दाउरा बेचेर भएको आम्दानी विद्यालयलाई


admin
आश्विन २०, २०७५ शनिबार  ३ : ०० बजे

 

म्याग्दी, २० असोज । बेनी नगरपालिका–३ भकिम्लीमा रहेको मुसुङ्डोले आधारभूत विद्यालयलाई स्थानीय सामुदायिक वन समूहले आर्थिक सहयोग गरेका छन् ।

विद्यालयको ५५ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित समारोहमा मुुसुङ डोलेमा रहेका तीन सामुदायिक वन उपभोक्ता समूहले दुई लाख २५ हजार सहयोग गरेका हुन् । जङ्गलको घाँस दाउरा र काठ बेचेर भएको आम्दानीबाट विद्यालयलाई सहयोग गरेका व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर थापाले बताउनुभयो ।

मुसुङ डोलेखानी सामुदायिक वन उपभोक्ता समूहले रु एक लाख ५० हजार, लुसेपानी रानीदास सामुदायिक वनले रु २५ हजार र बराहताल वन समूहले रु ५० हजार सहयोग गरेका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

यसैगरी डोले सिर्जना आमा समूहले रु एक लाख, आफ्ना दिवङ्गत बुबा यामबहादुर श्रीसको स्मृतिमा उहाँका छोरा दलबहादुरले रु ३१ हजार ५०५, जय श्रीसले रु २० हजार, बिलबहादुर पुनको स्मृतिमा श्रीमती मनदेवी पुनले रु १० हजार ५०० सहयोग गर्नु भएको छ ।

सहयोग रकम विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकको तलबमा परिचालन गरिने प्रध्यानाध्यपक शेरबहादुर विकले बताउनुभयो । कक्षा ८ सम्मको पठनपाठन हुने १६५ जना विद्यार्थी रहेका सो विद्यालयमा पाँचजना दरबन्दी र पाँचजना निजी स्रोतका शिक्षक छन् ।

समारोहमा सङ्घीय सांसद भूपेन्द्र थापा र गण्डकी प्रदेश सांसद विनोद केसीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा जोड दिँदै दरबन्दी व्यवस्थापनका विषयमा नीतिगत रुपमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा भवन निर्माणका लागि दुई रोपनी जग्गा उपलब्ध गराउनु भएका हर्कबहादुर थापामगरलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

१८ गतेदेखि चुनावसम्म रात्रिकालीन व्यवसाय बन्द

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com