ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमै उत्पादन हुने भो दिप ब्राण्डको एलईडी बल्ब र टियूब्बलाईट


admin
आश्विन १९, २०७५ शुक्रबार  ४ : ४४ बजे

चितवन, १९ असोज । नेपालमा उर्जा खपत कम गर्न वातावरणमैत्री दिप ब्राण्डको एलईडी बल्ब र टियूब्बलाईट बजारमा आएको छ ।

विगत आधा दशकदेखि विद्युतीय समाग्री उत्पादन गर्दै आएको प्लास्टो टेक नेपाल भरतपुर २, क्षेत्रपुरले चिनियाँ सहकार्यमा उर्जा खपत कम गर्न वातावरणमैत्री दिप ब्राण्डको एलईडी बल्ब र टियूब्बलाईट बजारमा ल्याएको हो ।

नेपाल सरकारले एलईडी बल्बको प्रयोग गरि दुई सय मेगावाट विजुली बचत गर्न लिएको लक्ष्यलाई पुरा गर्न सहयोग पुराउने हिसाबले चितवनबाट दिप ब्राण्डको एलईडी बल्ब र टियूब्बलाईट देशैभरका बजारमा बिक्रि वितरण सुरु भएको हो ।

७ बर्ष अगाडी चितवनका युवा व्यवसायीहरु राजेन्द्र ओली, सुमनकुमार श्रेष्ठ, सन्जय श्रेष्ठ, केशवप्रसाद ढकाल र नानीराज घिमिरेले स्थापना गरेको प्लास्टो टेक नेपालले यतिवेला एलईडी बल्ब र टियूब्बलाईट एक साथ बजार ल्याएको छ ।

“स्वदेशी उत्पादन गरि मुलुक आत्मनिर्भर बनाउन हामीले बिद्युतिय सामग्री उत्पादन गरिरहेकोमा नयां ब्राण्डको बल्ब आयात गरि बजारमा ल्याएको सञ्चालक राजेन्द्र ओलीले भने, बजारको मागलाई ध्यानमा राखेर ८५ प्रतिशत विद्युत् खपत कम गर्ने उच्च गुणस्तरको एलईडी बल्ब र टियूब्बलाईट बजार ल्याएका हौँ ।”

हाललाई चिनियाँ कम्पनीको सहकार्यमा बजारमा ल्याईएको भएपनि निकट भविष्यमा चितवनमा नै उत्पादन गर्ने लक्ष्य समेत आफुहरुले राखेको अर्को सञ्चालक सुमनकुमार श्रेष्ठले जानकारी दिए । ८६ लाख रुपैयाँमा स्थापना भएको कम्पनीले विभिन्न उच्च स्तरीय विद्युतीय सामाग्री उत्पादन गर्न अहिले उद्योग विस्तार गर्दै ५ करोड रुपैयाँ पुराएको छ ।

कम्पनीले यसअघि नेपाली बजारमा उच्चस्तरीय विद्युतीय उत्पादन ईलेक्ट्रिक होल्डर, स्वीच लगायतका सामाग्रीहरु उत्पादन गर्दै आएको छ । दिप ब्राण्डमा यि सामाग्रीको २ बर्ष वारेन्टीसगैँ कममा ८५ देखि बढीमा २६० भोल्टेजसम्म चल्ने सञ्चालक ओलीले जानकारी दिए ।

नेपालमा विद्युत्को धेरै उत्तार चढाव हुने हुदाँ उपभोक्ताहरुले यो बल्ब प्रयोग गर्दा ढुक्क हुनेछन् अर्का सञ्चालक सञ्जय श्रेष्ठले भने । बजारमा हाल ३ वाट देखि १८ वाट सम्म बल्ब उपलब्ध छ भने यसको बजार मुल्य सुपथ र प्रतिस्पर्थी छ । यस्तै ४ फुट एलीईडी टुब्युबलाईट आकर्षक र सुपथ रहेको छ ।

वतावरणमैत्री १ वाट बराबर १०० ल्युमिन क्षमता भएको र यसको निकै राम्रो उज्याालो हुने समेत कम्पनीको दावी छ । उच्च गुणस्तरीय आल्मुनिय बडी हुदाँ यो बल्ब बढी किफायती रहेको छ भने ३० हजार घण्टा बढी बल्ने कम्पनीको पनि दावी छ ।

उच्च गुणस्तरिय यी सामाग्रीले छोटो समयमा नै उर्जा संकटमा टेवा पुराउनुको साथै नेपालीहरुको मन समेत जित्ने सञ्चालक नानीराज घिमिरेको आशा छ । यसै दिप ब्राण्डको उत्पादन बारेमा जानकारी दिने उद्देश्यले कम्पनीका सञ्चालकहरुसहितको एक टोली देशदौडाहमा रहेको छ ।

पूर्वझापादेखि सुरु भएको कार्यक्रम यतिवेला पश्चिम नेपालका विभिन्न ठाउँहरुमा जारी रहेको केशब प्रसाद ढकालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

१८ गतेदेखि चुनावसम्म रात्रिकालीन व्यवसाय बन्द

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com