ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

सुनको जलप लगाएका गहनाको बिक्री बढदै


admin

दाङ, १९ असोज ।चाडपर्र्व नजिकिँदै गर्दा यहाँका बजारमा सुनको जलप लगाएका गहनाको बिक्री बढेको छ ।

सुनको मूल्य महङ्गो भएकाले सर्वसाधारणले सुन किन्न नसक्दा सुनको जलप लगाएका गहनाको बिक्री बढेको हो । सुन महङ्गो धातु भएकाले निम्न तथा मध्यम वर्गका मानिसलले खरीद गर्न सक्दैनन् । जलप लगाएका गहनाको मूल्य पनि कम हुने र सुरक्षाका दृष्टिकोणले समेत सहज हुने गरेकाले यस्ता गहनाको बिक्रीमा वृद्धि भएको तुलसीपुर बजारमा व्यापार गदै आएका व्यवसायीहरु बताउँछन् ।

उनीहरुका अनुसार तीज, दशैँ, तिहारजस्ता चाडपर्वमा जलप लगाएका गहनाको बिक्री बढेको छ । धेरै रकम खर्चेर किनेको गहनाको चोरी हुने डर हुन्छ तर यस्ताखाले गहना किन्दा सस्तो पर्ने, हराए, चोरी भए पनि पीर नहुने हुँदा आफू यस्ताखाले गहन किन्न आएको बताउनुहुन्छ, तुलसीपुर उपमहानगरपालिका–१४ की अञ्जु धिताल ।

उहाँले भन्नुभयो, “सस्तो मूल्यमा आफूलाई जुन प्रकारको गहना लगाउने रहर छ त्यो पनि पाइने हँुदा खुशी लागेको छ ।” यतिबेला तुलसीपुर घोराही, लमही, भालुवाङलगायतका बजार क्षेत्रका गहना पसलमा उहाँ मात्र होइन उहाँसँगै सो गाउँका थुपै्र महिला सुनको जलप लगाएका गहना किन्दै गरेको देख्न सकिन्छ ।

सोही ठाउँकी शान्ता चौधरीले भन्नुभयो, “सुनको मूल्य हालेर आफूजस्ता गरीब वर्गले कसरी गहना लगाउन सकिन्छ र ! जलप मात्र लगाएका गहना सस्तोमा पाइने हुँदा किन्न आएकी हुँ । यसले आफ्नो रहरसमेत पूरा गरिदिएको छ ।” रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली लोक लाज र नैतिकता नभएको व्यक्ति :प्रचण्ड

काठमाडौं २८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाटै हटाइएको मान्छेलाई सर्वोच्चले बिचित्रको फैसला गरेका कारण प्रधानमन्त्रीमै राखिदिएको भन्दै व्यंग्य गरेका छन्

भारतमा कोरोना संक्रमण भयावह , अन्तिम संस्कारका लागि घण्टौं लाइन

  एजेन्सी, नयाँ दिल्ली २८ चैत । कोरोना संक्रमणको फैलिँदो अवस्था भारतका कयौं राज्यका लागि चुनौतीको विषय बन्दै गइरहेको छ । संक्रमितहरुको उपचारका लागि संशोधनको अभाव

तीन दल मिल्नु घाम र जुन मिल्नु जस्तै हो : मुख्यमन्त्री गुरुङ

लमजुङ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको बताएका छन्

सम्बन्धित

भूकम्पले भत्किएका ७३ विद्यालयको पुनःनिर्माण सम्पन्न

बारपाकको राङरुङ भिरबाट जीप खस्दा दुई जनाको मृत्यु, सात घाइते

‘समृद्ध नेपाल सुुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न सरकार क्रियाशील भएर काम गरिरहेको छः मन्त्री गुरुङ

अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना

मोटरसाइकल चोरी गर्ने श्रीजर सेन्चुरी साँखुबाट पक्राउ

हात्तीको आक्रमणबाट मृत्युु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com