ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सशस्त्र प्रहरी गण स्थापना दिपायलमा, नयाँ सुरक्षा व्यवस्था लागू


admin

डोटी, १९ असोज ।  नेपाल सरकारले देशका ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति गराउने निर्णयअनुसार डोटीको दिपायलमा पहिलोपटक सशस्त्र प्रहरी बलको नयाँ नं ३६ गण स्थापना भएको छ । जिल्लामा समग्रमा शान्ति सुरक्षा कायम गर्न र अन्य अपराध न्यूनीकरणका लागि भन्दै सशस्त्र प्रहरी बलको नयाँ नं ३६ गण हेडक्वाटर दिपायलमा स्थापना गरिएको हो ।

पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुरस्थित शिक्षक तालीम केन्द्र नजिकमा गण हेडक्वाटरको कार्यालय स्थापना भएको छ । गणले समग्र डोटी जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि अन्य सुरक्षा निकायसँग मिलेर काम गर्ने उक्त गणका सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशीले बताउनुभयो ।

गणका लागि कूल ६२१ जनाको दरबन्दी हुने भएपनि हाल उक्त गणमा सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ७६ जनाको जनशक्ति रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिनुभयो ।

उक्त गणले समुदायमा शान्ति स्थापनार्थ गस्ती, हुलदङ्गा नियन्त्रण, विपद् व्यवस्थापन, लागुऔषधलगायत अवैध सामग्री नियन्त्रण, चोरी निकासी, पैठारी रोक्ने तथा शान्तिसुरक्षा मजबुत बनाउनेजस्ता काममा सक्रिय हुने जनाइएको छ । शान्ति सुरक्षा कायम गर्ने तथा आपराधिक क्रियाकलापमा नियन्त्रण ल्याउने उद्देश्यसहित सशस्त्र प्रहरीको गण स्थापना भएको डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले ताउनुभयो ।

काम गर्ने उक्त गणका सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशीले बताए ।

गणका लागि कूल ६२१ जनाको दरबन्दी हुने भएपनि हाल उक्त गणमा सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ७६ जनाको जनशक्ति रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए ।

उक्त गणले समुदायमा शान्ति स्थापनार्थ गस्ती, हुलदङ्गा नियन्त्रण, विपद् व्यवस्थापन, लागुऔषधलगायत अवैध सामग्री नियन्त्रण, चोरी निकासी, पैठारी रोक्ने तथा शान्तिसुरक्षा मजबुत बनाउनेजस्ता काममा सक्रिय हुने जनाइएको छ । शान्ति सुरक्षा कायम गर्ने तथा आपराधिक क्रियाकलापमा नियन्त्रण ल्याउने उद्देश्यसहित सशस्त्र प्रहरीको गण स्थापना भएको डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए ।

नयाँ सुरक्षा व्यवस्था लागू 

यस वर्षको दशैँ तथा तिहारलाई शान्तिपूर्ण बनाउन जिल्ला प्रहरी कार्यालय डोटीले बनाएको नयाँ सुरक्षा व्यवस्था लागू भएको छ । दशैँ तथा तिहारलाई विषेश महत्व दिइ बनाइएको योजनामा प्रहरी प्रमुख आफैँ खटिने भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझीले दिनुभएको जानकारीअनुसार दशैँ तथा तिहारमा हुने आपराधिक गतिविधि तथा घटनालाई निरुत्साहित गर्न तथा त्यस्ताखाले घटना हुन नदिन बनाइएको यो योजना लागू भएको हो ।

प्रहरीका सातवटा अत्याधुनिक हतियारसहितका गस्ती टोली परिचालन भएका छन् भने वित्तीय सङ्घसंस्था, आर्थिक कारोवार हुने क्षेत्र तथा बढी मानिसको भिडभाड र चहलपहल हुने क्षेत्रमा प्रहरी अधिकृतको नेतृत्वमा चौबिसै घण्टाका लागि प्रहरी तैनाथ भएका छन् ।

पर्याप्त मात्रामा सादा पोशाकका प्रहरीसमेत परिचालन गरिएको डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । चाडबाडको समयमा कुनै पनि घटना भएमा वा हुनसक्ने सङ्केत भएमा तत्कालै प्रहरी प्रमुखको नं (९८५८४३५५५५) र निःशुल्क नं १०० र ११० तथा कार्यालयको नं ०९४–४२०२०५ मा खबर गरिदिनसमेत प्रहरीले सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दार्चुला जीप दुर्घटना अपडेट : मृतक ५ जनाको पहिचान खुल्यो

काठमाडौं, १ भदौ । दार्चुलामा जीप दुर्घटनामा परेर मृत्यु भएकाहरूको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं, १ भदौ ।  नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ । सो पार्टीको आज बसेको सचिवालयको बैठकले

जबराविरुद्धको महाअभियोग प्रस्ताव छिटो निष्कर्षमा पुर्‍याउन एमालेको माग

काठमाडौं, १ भदौ ।  नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगलाई छिटो भन्दा छिटो निष्कर्षमा पुर्‍याउन माग गरेको छ । प्रतिनिधि सभाले गठन गरेको महाअभियोग सिफारिस

सम्बन्धित

माइत जान्छु भनेर हराएकी थिइन् होटेलमा मृत भेटिएकी पुष्पा

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

अनलाइन जुवा खेलेको आरोपमा बौद्धबाट १५ जना पक्राउ

माओवादीको स्थायी समिति बैठक सर्‍यो

८४८ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण

धादिङमा टेलरले जीपलाई ठक्कर दिँदा दुईजनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...