ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङ दूधमा आत्मनिर्भर


admin

बागलुङ, १८ असोज । बागलुङ दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा खपतभन्दा उत्पादन धेरै भएपछि दूधमा आत्मनिर्भर भएको हो ।

जिल्लामा दैनिक ६६ हजार ८१६ लिटर दूध आवश्यक भए पनि ६८ हजार ८४ लिटर दूध उत्पादन हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङले जनाएको छ ।

गाईवस्तुको उचित स्याहारसुसार, आहारामा सुधार र दूध उत्पादनतर्फ युवा आकर्षित हुनाले दूध उत्पादनमा वृद्धि भएको वरिष्ठ पशु विकास अधिकृत डा नारायणप्रसाद शर्माले भन्नुभयो, “दूधको खपतभन्दा उत्पादन धेरै छ । केही क्षेत्रमा उत्पादन हुने दूध पर्वत र गुल्मीमा समेत खपत हुने गरेको छ ।”

एक व्यक्तिलाई एक वर्षमा ९१ लिटर दूध आवश्यक भएपनि जिल्लामा प्रतिव्यक्ति ९३ लिटर दूध पुग्ने उत्पादन भइरहेको पशु प्राविधिक केशव शर्माले बताउनुभयो । यही अवस्थामा दूध उत्पादनमा वृद्धि भएमा दूधको निर्यात गर्न समयस्या नहुने उहाँको भनाइ छ ।

बागलुङ बजारमा मात्र आवश्यक ५० प्रतिशत दूध जिल्लाका सहकारीले उत्पादन गर्दै आएको दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष युक्त कँडेलले बताउनुभयो । सहकारीमार्फत दूध उत्पादन तथा वितरण गर्दा कृषकलाई आर्थिकरुपमा बढी फाइदा हुने भन्दै कृषक सहकारीका माध्यमबाट दूध उत्पादन तथा वितरण गर्न प्रोत्साहित भएको कँडेल बताउनुहुन्छ ।

हाल बागलुङ बजारमा मात्र दैनिक छ हजार लिटर दूध आवश्यक पर्दछ । दुई हजार ५०० लिटर दूध जिल्ला सहकारी सङ्घमा आबद्ध १३ दुग्ध उत्पादक सहकारीले उत्पादन गरिरहेका छन् । दूध उत्पादनबाट व्यवसायीले मनग्य आम्दानी गर्न थालेपछि विदेश गएर फर्केका युवा पनि गाई -भैसी फार्म स्थापना गर्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com