ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्थाल बालबालिकालाई वीरता जेसीजको सहयोग


admin
आश्विन १८, २०७५ बिहीबार  ११ : २१ बजे


बिर्तामोड, १८ असोज । सीमान्तकृत तथा विपन्न सन्थाल समुदायका बालबालिकालाई आज विहीबार वीरता जेसीजले विद्यालय पोशाक, व्याग लगायतका सामग्री सहयोग प्रदान गरेको छ ।

सन्थाल समुदायका बालबालिकाको शिक्षामा पहुँच बृद्धि तथा बालबालिकाले शिक्षा आर्जनका लागि कुनै कुराको अभाव खेप्नु नपरोस् भन्ने सन्देश प्रवाह गर्न जेसीजले पोशाक, व्याग, जुत्ता लगायतका सामग्री प्रदान गरेको बताइएको छ ।

वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहकाबीच प्रमुख अतिथि संस्थाका पूर्वअध्यक्ष शेखर ढकालले उक्त सामग्री प्रदान गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

जेसीजले बिर्तामोडस्थित देवी माविमा अध्ययनरत् आठ जना छात्रछात्रालाई उक्त सामग्री प्रदान गरेको हो । देवी माविकी प्रधानाध्यापक अम्बिका श्रेष्ठ, प्रमुख अतिथि ढकाल लगायतले सीमान्तकृत तथा विपन्न सन्थाल बालबालिकाको शिक्षाका लागि जेसीजले उदाहरणीय सहयोग गरेको बताए ।

उनीहरुले जेसीजले यस्ता कामबाट वास्तविक सेवाको सन्देश प्रवाह पनि गरेको बताए । सन्थाल बालबालिकाको निवास परिसर बिर्तामोड १मा भएको कार्यक्रममा सामग्री पाउने बालबालिका र तिनका अभिभावक खुशीले दंग देखिन्थे ।

कार्यक्रम संयोजक वीरता जेसीजका सदस्य मो। साहनवाज अन्सारीले स्वागत गरेको कार्यक्रममा आस्था वाचन सदस्य सुरेश खतिवडाले गरेका थिए । महासचिव बिनोद पाण्डेले सञ्चालन गरेको कार्यक्रममा जेसीआई मिसन, भिजन तथा नेपाल जेसीज र वीरता जेसीजको थिम वाचन कोषाध्यक्ष जीवनकुमार खड्काले गरेका थिए ।

उक्त सामग्री पाउने छात्रछात्रामा विशाल हेमरम (कक्षा–९), पवन बास्के (कक्षा–७), सिद्धान्त वेस्रा (कक्षा–१) निशा हेमरम (कक्षा–७) बिनु हस्दा(कक्षा–७) निशान हेमरम(कक्षा–५) प्रवीन बास्के (कक्षा–५)सन्ध्या बेस्रा(कक्षा–५ )रहेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

सम्बन्धित

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com