ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु, तीन जना घाइते


admin

झापा १८ असोज । इलामबाट झापातर्फ आइरहेको जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ, भने अन्य तीन जना घाइते भएका छन् ।

मेची राजमार्ग अन्तरगत झापाको मेचीनगर १३ स्थित कालीझोडा भन्ने स्थानमा विहीवार विहान इलामबाट झापातर्फ आइरहेको मे १ ज २४६२ नम्बरको जिपले साइकलयात्रीलाई ठक्कर दिएको थियो ।

जिपको ठक्करबाट अर्जुनधारा नगरपालिका ५ निवासी ६० बर्षिय बिष्णुप्रसाद विकको मृत्यु भएको जिल्ला टाफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।

उनका अनुसार जिपले पहिला साइकलयात्री विकलाई ठक्कर दिएका थिए, त्यसपछि जिप अनियन्त्रित भई बाटैमा उभिरहेका अर्को साइकलयात्री मेचीनगर १२ निवासी ३८ बर्षीय टंक रोक्कालाई ठक्कर दिएका थिए । साइकलयात्रीलाई ठक्कर दिएपछि जिप पल्टिदाँ जिपमा सवार इलाम नगरपालिका ७ निवासी ५५ बर्षीय विजेन्द्र रिजाल र सोही जिल्ला जोगमाई ४ निवासी १९ बर्षीय बिशाल सापकोटा सामान्य घाइते भएका छन् ।

घाइते चारै जनालाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटल लगिएपनि साइकलयात्री विकको उपचारको क्रममै मृत्यु भएको प्रहरी निरीक्षक राईले बताए । यता जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने जिप चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com