ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तत्कालिन एमाले र माओवादीका नेता कार्यकर्तासमेत चकित परेको दिन आज


एबीसी न्यूज

 

काठमाडौं, १७ असोज । तीन चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएर दलहरु प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेकै बेला गोप्य ढंगले वाम गठबन्धन बनाउने तयारीमा जुटेका तत्कालिन एमाले र माओवादी केन्द्रबीच २०७४ असोज १६ गतेमात्रै वाम एकतागर्ने सम्बन्धी निर्णय भई सार्वजनिक भएको थियो ।
गएको दशैंमा गरिएको यो निर्णयले राजनीति एकाएक तातिएन मात्रै स्वयम् तत्कालिन एमाले र माओवादीका नेता कार्यकर्तासमेत चकित हुन पुगेका थिए ।

१६ गतेको निर्णयसँगै १७ गते राष्ट्रियसभा गृहबाट वाम गठबन्धनको घोषणा भएको थियो । गठबन्धन निर्माण प्रक्रियामा सुरुमा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई समेत जोडिएका भएपनि पछि चुनावी प्रक्रियामा टिकटको भागबण्डा नमिलेसँगै बाहिरिएका थिए ।
जेठ ३ गते यी दुई पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ ।

नेपालमा एउटै मात्र कम्युनिष्ट पार्टी बनाउने चर्चा लामो समयदेखि चल्दै आएको थियो, तर व्यबहारमा त्यसो हुन सकिरहेको थिएन् । बेलाबखत प्रचण्ड स्वयमले पनि वामपन्थी एकताको कुरा गर्ने गरेका थिए ।
कतिपयलाई आश्चर्य चकित तुल्याउनेगरी भएको तत्कालिन एमाले–माओवादी सहकार्य र एकताका प्रमुख सुत्रधारको रुपमा वामदेव गौतलाई लिइँदै आएको छ ।

यो एकता प्रक्रियालाई सफल बनाउन तत्कालिन माओवादी केन्द्रका नेता जनार्दन शर्मा, एमालेका नेता विष्णु पौडेलको पनि महत्वपूर्ण भूमिका रहेको थियो । दुई पक्षीय नेताहरुबीच भित्रभित्रै विभिन्न चरणमा छलफल हुँदै पहिला चुनावी गठबन्धन गर्ने र त्यसपछि एकता नै गर्नेगरी वाम गठबन्धनको घोषणा गर्नेगरी समझदारी बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com