महोत्तरी, १६ असोज । महोत्तरी औरही नगरपालिकाको कार्यालयमा आज स्थानीयवासीले तालाबन्दी गरेका छन् ।
आर्थिक वर्ष २०७५-०७६ का लागि पारित गरेको बजेटको सम्बन्धमा असन्तुष्टि जनाउँदै स्थानीयवासी दरेश यादवको नेतृत्वमा गएको एक समूहले कार्यालयको मूलढोकामा तालाबन्दी गरेको हो ।
यसअघि १५ बुँदे मागसहितको ज्ञापनपत्र नगरपालिकाको कार्यालयमा बुझाइए पनि यस विषयमा कुनै छलफल वा समस्या समाधानतर्फ ध्यान नदिएका कारण बाध्य भएर आफूहरु तालाबन्दी गरेको संयोजक दरेश यादवले बताउनुभयो ।
नगरप्रमुख सुनिल यादवले आफूले बोलाएको वार्तामा आन्दोलनकारी नबसेको आरोप लगाउँदै वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्