काठमाडौं,१६ असोज । डोटीमा सोमवार ७४ वर्षीया वृद्धा बलात्कृत भएकी छन् । बिहान ७ बजेतिर आफ्नो गाउँबाट छिमेकी गाउँ जाने क्रममा बडीकेदार गाउँपालिका–३ की बृद्धालाई एक युवकले बलात्कार गरेका हुन ।
उनलाई बाटोमा एक्लै हिँडिरहेको देखेपछि बोगटान गाउँपालिका–१ सिमचौर पान्सा घर भएका २२ वर्षीय एकेन्द्र धामीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
विश्वभरी २८ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइरहेकै दिन उनी बलात्कारमा परेकी हुन् । स्थानीयवासीले एकेन्द्रलाई नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएका थिए । धामीबिरुद्ध जवरजस्तीकरणी सम्बन्धी मुद्या चलाउने प्रहरी बताएको छ ।
प्रतिक्रिया दिनुहोस्