ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदीका सबै वडामा ज्येष्ठ नागरिक विश्रामस्थल


admin

 

पर्वत, १६ असोज । ज्येष्ठ नागरिकलाई दिउँसो पुनर्मिलन गराउनका लागि यहाँको एक गाउँपालिकाले ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण अभियान थालेको छ ।

मोदी गाउँपालिकाका सबै वडामा ज्येष्ठ नगारिक विश्रामस्थल बनाइने भएको हो । ज्येष्ठ नागरिकलाई सम्मान गर्दै उनीहरुको दैनिकीलाई सहज बनाउने उद्देश्यले गाउँपालिकाका सबै वडामा एक एक विश्रामस्थल बनाउन लागिएको जनाएको छ । विश्रामस्थल निर्माणको शुरुआत भने मोदी गाउँपालिका–५ बाजुङबाट गरिएको छ ।

अनुभव र योगदानले भरिएका ज्येष्ठ नागरिकको सम्मान गर्नु स्थानीय सरकारको दायित्व भएकाले यस्तो अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले बताउनुभयो । पौडेलले गाउँपालिकाले महिला, बालबालिका र ज्येष्ठ नागरिकको हकहितका लागि चालू आर्थिक वर्षमा विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

गाउँपालिकाले विश्रामस्थल निर्माणका लागि पहिलो चरणमा वडा नं ५ बाजुङका लागि रु तीन लाख विनियोजन गरेको थियो । गाउँपालिका प्रवक्ता विमल लामिछानेका अनुसार आगामी वर्षदेखि सबै वडामा विश्रामस्थललाई व्यवस्थापन गर्ने गरी बजेट विनियोजन गरिनेछ ।

ज्येष्ठ नगारिकले समाज र देशका लागि पु¥याएको योगदानको कदरसमेत हुने गरी विश्रामस्थल निर्माण गर्ने अभियान गाउँपालिकाले सञ्चालन गरेको लामिछानले बताउनुभयो । “आजको समाज निर्माणमा सबै अग्रजको योगदान छ”, लामिछानले भन्नुभयो, “अग्रजको बलिदानीपूर्ण सङ्घर्षका कारण आजको समाज स्थापना भएको हो ।”

सङ्घीय सरकारले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्तामार्फत सहयोग गर्दै आएकाले स्थानीय तहबाट भने विश्रामस्थल निर्माण गरी ज्येष्ठ नागरिकका अनुभव सुन्ने र दिनचर्या कटाउन सहज बनाउने गाउँपालिकाको योजना रहेको लामिछानेको भनाइ छ ।

मोदी गाउँपालिकामा आठ वडा छन् । बाजुङबाट ज्येष्ठ नागरिक दिवसका अवसरमा सोमबारदेखि शुरुआत भएको योजना सबै वडामा विस्तार गरी एक वडा एक ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण अगाडि बढाइने गाउँपालिकाले जनाएको छ । यस वर्ष वडा नं ५ मा तयार हुनेछ भने आगामी वर्ष आठ वटै वडामा निर्माण गरिने गाउँपालिकाका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । यसअघि सदरमुकाम कुश्माबजारस्थित कुश्मा नगरपालिका–५ ले ज्येष्ठ नागरिक विश्रामस्थल सञ्चालनमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

काठमाडौँ, १२ चैत । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको

चाँडै सरकारले पूर्णता पाउँछ : माधव नेपाल

काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै सरकारले पूर्णता पाउने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

अर्घाखाँची, १२ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले

सम्बन्धित

बल्खु खोलामा नवजात शिशुको शव फेला

संघीयता स्थापनापछि जनताले विकास अनुभूति गर्न पाए : मुख्यमन्त्री कार्की

सत्य निरुपणसम्बन्धी विधेयक स्वीकृत

आफ्नै कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ डा कोइराला

नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ताकेता

एमालेको उद्देश्य आगामी चुनावमा बहुमत उपाध्यक्ष पौडेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...