ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जन्मेदेखि नै ओछ्यानमा थला परेपछि..


admin
आश्विन १६, २०७५ मंगलबार  ३ : ५३ बजे

 

पर्वत, १६ असोज । रावणका भाइ कुम्भकर्ण वर्षको छ महीना सुत्ने र छ महीना बिउँझने गर्थे भन्ने भनाइ छ । यहाँको एक विकट गाउँका १६ वर्षीय युवक भने जन्मेको १४ दिनदेखि अहिलेसम्म सुतेको सुत्यै छन् ।

शुरुमा मेनिनजाइटिस (मस्तिष्कको झिल्ली गम्भीर तरिकाले सुनिने रोग) बाट ग्रसित कुश्मा नगरपालिका– १२ ठूलीपोखरीका सन्दीप सुवेदी चौबीसै घण्टा सुतेर जीवन बिताइरहेका छन् । उनका हात, खुट्टासमेत शरीरको कुनै पनि भाग चल्दैन भने बोल्न, हाँस्नसमेत सक्दैनन् । उनी आफैँ खानसमेत सक्दैनन् भने सहज रुपमा श्वास फेर्न पनि गाह्रो हुन्छ ।

शुरुआतमा उपचारका लागि गण्डकी अस्पताल पोखरा लगिए पनि रोग निको नभएपछि उनलाई विभिन्न झारफुक गराउँदा तथा नेपालका सबैजसो अस्पतालमा पु¥याउँदा पनि अवस्था नसुध्रिएको उनकी आमा कल्पना सुवेदीले बताउनुभयो । “नेपालका सबै ठाउँमा पु¥यौ तर निको हुन सकेन, अहिले काठको मुढोजस्तै ज्यूँदो अवस्थामा रहेको शरीर कुरेर बस्नुको विकल्प भएन”, सुवेदीले भन्नुभयो ।

शारीरिक रुपमा वृद्धि भए पनि हातखुट्टा र शरीरको कुनै पनि भागले काम नगरेपछि उनलाई काठको मुढोजस्तै चौबीसै घण्टा पल्टाएर वा ह्वील चियरमा ठडाएर राख्ने गरिएको छ । आर्थिक अवस्थाले कमजोर सुवेदीको परिवारका जेठा छोरा रहेका सन्दीपको अवस्था यस्तो भएपछि ठूलो समस्या परेको उनका बाबु कृष्णप्रसादले गुनासो गर्नुभयो । सुवेदी परिवारका अन्य दुई सन्तान भने साङ्ग नै छन् ।

“रोग लागेदेखि नै उपचारबाट निको हुन्छ कि भनेर लाखांैँ रुपैयाँ खर्च गरियो, बीसको उन्नाइस भएन” आमा कल्पनाले रुँदै भन्नुभयो,“न धन बच्यो, न साङ्ग नै भयो ।”

देख्दै असहजजस्तो देखिने उनको अवस्थाले परिवारका सदस्य पिरोलिने गरेका छन् । उनलाई खुवाउने, दिसापिसाब गराउने, लुगा फेरिदिने, नुहाइधुवाइ गरिदिनका लागि एक जना रातदिन खट्नुपर्ने अवस्था छ । आमाबाबुले रातदिन आलोपालो गरी स्याहारसुसार गर्नुपर्ने बाध्यता रहेको कल्पनाको भनाइ छ । नेपालमा उपचारको अर्को पद्धति नभए पनि कतैबाट आर्थिक सहयोग पाएमा विदेशमा लैजाने सोच उनीहरुको छ ।
“अब त निको होला भन्ने आश पनि मरिसक्यो”, कल्पनाले भन्नुभयो, “यही अवस्थामा कति वर्ष कुरेर बस्नुपर्ने हो थाहा छैन ।” सन्तान पाएपछि हुर्काउला, बढाउला, पढाउला र उनीहरुको कमाइबाट सुखसयलमा बसांैँला भन्ने अभिभावकको चाहना चकनाचुर भएको सुवेदी दम्पतीको गुनासो छ ।

सन्दीपले पूर्ण अपाङ्गता भएका व्यक्तिको सुविधा पाउँदै आएका छन् भने स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि मासिक रु पाँच हजार सहयोग पाएका छन् । यसबाहेक अहिलेसम्म राज्यबाट उपचारका लागि होस् वा दैनिक स्याहारसुसारका लागि होस्, कुनै पनि सहयोग नपाएको गुनासो उनीहरुको छ ।
जन्मेदेखि सुतेरै जीवन कटाइरहेका सन्दीपलाई कुश्मा नगरपालिकाले पहिलो पटक एक थान ह्वील चियर प्रदान गरेको छ । आइतबार नगरपालिकाका उपप्रमुख सीता काफ्लेले सन्दीपको घरमै पुगेर ह्विलचियर प्रदान गर्नुभयो । उहाँले उनको पीडामा थोरै भए पनि राहत पु¥याउने उद्देश्यले नगरपालिकाका तर्फबाट रु २० हजार सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

कुश्मा नगरपालिका र अपाङ्गता भएका व्यक्तिको उत्थान समाजको सहकार्यमा ह्विलचियर प्रदान गरिएको हो । अब तत्काल इलेक्ट्रिक बेड(विद्युतीय शय्या) पनि सहयोग गरिने भएको छ । यसले गर्दा उनको दैनिकीमा केही राहत महसुस हुने अपाङ्गता उत्थान समाजका अध्यक्ष किशोर शर्माले बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

सम्बन्धित

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com