ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठूला होटलमा खपत हुन्छ मनाङका आलु


admin

मनाङ, १६ असोज ।  मनाङमा फलाइएका अर्गानिक आलुको माग देशका तीन तारे र पाँचतारे होटलहरुबाट आउन थालेको छ । काठमाडौँका हायात होटल, सोल्टी होटलमा समेत यहाँका आलुको परिकार बन्ने गरेको छ । विगत केही वर्षयता मनाङका आलुको चर्चा हुन थालेको छ ।

वर्षको एक याम मात्र खेती हुने यस ठाउँमा आलु मुख्य बालीको रुपमा रहिआएको छ । हिमाली हावापानीमा उत्पादन भएका आलु स्वादिष्ट हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको छ । अर्गानिक खेती गरिने यस जिल्लामा कुनै प्रकार विषादी प्रयोग गरिँदैन । मनाङको सबै ठाउँमा यसको राम्रो उत्पादन हुन्छ । यहाँका मानिसहरु होटल व्यवसाय सँगै कृषि पेशामा संलग्न छन् ।

यहाँ उत्पादन भएका आलु जिल्लाभित्र मात्रै नभई अन्य जिल्ला र देश विदेशबाट समेत माग हुन थालेको छ । विशेष गरेर होटलमा यहाँका आलु बढी खपत हुने गरेको छ । मनाङ आउने आन्तरिक तथा वाह्य पर्यटकले यहाँको आलु बढी रुचाउने गरेको होटल व्यवसायी विनोद गुरुङले बताउनुभयो ।

यहाँ कुनै बजारबाट बीउ लगेर रोप्ने प्रचलन छैन । आफैंले राखेका बीउ नै रोप्ने गरिएको छ । यतिबेला मनाङको विभिन्न भागमा स्थानीयवासीलाई आलु भित्र्याउने चटारो छ ।

तल्लो मनाङमा धेरैजसोले घरघरमा आलु भित्रयाइसकेका छन् भने माथिल्लो मनाङमा आलु खन्न शुरु भएको छ । तल्लो क्षेत्रमा भदौ महिना र माथिल्लो क्षेत्रमा असोजमा आलु खन्ने काम हुन्छ । फागुन–चैतमा रोपेको आलु यतिबेला तयार भएको छ ।

आलु खरिदका लागि मानिसहरु खेतखेतमा आउने गरेका आलु कृषक सोलबहादुर गुरुङले बताउनुभयो । आलु खरिदका लागि बाहिरी जिल्लाबाट व्यापारी किसानका घरखेतैमा पुग्छन् ।

धेरै आलु मनाङमै खपत हुने गर्छ । चामे गाउँपालिका–२ थानचोकका यज्ञा घलेका अनुसार व्यापारी र आन्तरिक पर्यटकले आलु किनेर लैजान थालेपछि आलु किसानलाई खेतीबाट फाइदा हुन थालेको छ ।

चाडबाड र लामो समयपछि विदामा घर जान लागेका कर्मचारीले आलु नै लिएर मनाङबाट झर्छन् । दशैं तिहारमा घर जाने कर्मचारीको कोशेली आलु नै बनेको हुन्छ । ज्यादाजसो यहाँका आलु बेसीशहर र काठमाडौँ पठाइन्छ ।

थानचोकका बिन घलेले यो वर्ष मात्र ५० मुरी आलु फलाउनुभएको छ । मनाङ लम्जुङको सडक पहिरोले बिगारे पछि आफ्नो व्यापार रोकिएको उहाँले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ – “पाँच–छ वर्ष अघि मोटर नचल्दा गाउँमा आलु खपत हुन गा¥हो थियो । कतिपयले गाईलाई खुवाउँथे, अहिले समस्या छैन । मनाङ घुम्न आउनेले आलु किनेर लान्छन् ।”

नासो गाउँपालिकाको ओडार गाउँमा महिलाले सामूहिक आलु खेती गरेका छन् । आलु बेचेर आएको आम्दानीबाट गाउँको सरसफाइ, बाटो निर्माण जस्ता काम गर्ने गरिएको र महिलाको आयआर्जनमा टेवा पुगेको समूहका अध्यक्ष बेलकासी गुरुङले बताउनुभयो ।

ठाउँ ठाउँबाट आएका पर्यटकले मनाङको आलुको स्वाद लिन पाएका छन् । पहिले दाल, चामल, नुन र तेल लिएर आएका व्यापारी आलु, गहुँ, करु, फापर साटेर फर्कन्थे । अहिले सडक बनेपछि सवारीसाधनमै राखेर आलु काठमाडौँ पठाउन पाइएको छ ।

मनाङको रैथाने आलु देशका ठाउँ ठाउँमा पुगिरहेका स्थानीयवासी विनोद गुरुङले बताउनुभयो । उहाँका अनुसार यहाँका रैथाने आलु काठमाडौँका ठूल्ठूला होटलहरुमा निर्यात हुने गरेको छ ।

शहरका तीनतारे, पाँचतारे होटलमा समेत मनाङका आलुको परिकार बन्ने र मनाङको आलुको परिकार अतिथिले तारीफ गर्ने गरेका छन् । हाल यहाँ उत्पादित आलुको मूल्य प्रतिपाथी १३० रुपैयाँ पर्छ ।

मनाङमा आलुको उत्पादन बढ्दै गएको छ । साविक कृषि विकास कार्यालय मनाङका कृषि प्रसार अधिकृत रामकुमार साहका अनुसार आलु खेती गर्ने किसान र आलु उत्पादन वर्षेनी बढ्दै गएको छ । आलुले बजार पाएपछि मनाङ्गेहरु आलु खेती गर्न लालायित भएका हुन् ।

कार्यालयका अनुसार आव २०७२÷७३ मा ४४५ हेक्टर क्षेत्रफलमा खेती गर्दा ७ हजार ६११ टन उत्पादन भएको थियो । आव २०७३÷७४ मा ६७५ हेक्टरमा लगाइएको आलु खेतीबाट ८ हजार २३७ टन उत्पादन भएको थियो । आव २०७४÷७५ मा ६८१ हेक्टरमा ८ हजार ४२० टन आलु उत्पादन भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com