ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कञ्चनपुर हत्या प्रकरणः अन्ततः एसपी विष्ट दोषी , यस्तो सम्म हुन सक्छ विष्टलाई


एबीसी न्यूज

काठमाडौं १६ असोज। गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले कञ्चनपुर जिल्लाका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले अनुसन्धानमा लापरबाही गरेको जनाएको छ ।

समितिले गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा प्रहरीले पीडित परिवारलाई बेवास्ता गरेको, स्थानीय बासिन्दाले उठाएका विषयवस्तुलाई सम्बोधन नगरेको तथा घटनास्थलमा भेटिएका प्रमाण जोगाउन असफल भएको जनाउँदै एसपी विष्टलाई दोषी देखाएपछि प्रहरी प्रधान कार्यालयले एसपी गणेश रेग्मीको संयोजकत्वमा कानुनी कारबाही गर्न अर्को समिति गठन गरेको छ ।

एआइजी धिरु बस्न्यात संयोजकत्वको समितिले एसपी विष्टको कसुर निक्र्योल गरेपछि रेग्मी समितिले प्रहरी नियमावलीअनुसार कारबाही सिफारिस गर्नेछ । प्रहरी नियमालीको परिच्छेद १० अनुसार विष्टको लापरबाही देखिए कसुरअनुसार घटुवादेखि भविष्यमा सरकारी सेवामा अयोग्य हुनेगरी जागिरबाट बर्खास्तसमेत हुनेछ ।

प्रहरी नियमावलीको दफा ११३ अनुसार आफ्नो पदीय जिम्मेवारी लापरबाही गरी पूरा नगरेमा, आचरणसम्बन्धी कुरा उल्लंघन गरेमा, ड्युटीको समयमा बराबर मादक पदार्थ सेवन गरेमा, अनुशासनहीन काम गरेको प्रमाणित भएमा सेवाबाट हटाउने वा बर्खास्त गर्न सकिनेछ । उच्चस्तरीय छानबिन समितिले पदीय दायित्व पूरा नगरी लापरबाही गरेको भन्ने उल्लेख भएबाट उनी बर्खास्तसमेत हुने स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com