काठमाडौं, १६ असोज । भारत प्रवासमा रहेका नेपालीले दिल्लीस्थित राजदुतावासले नेपालीहरुका समस्याप्रति उपेक्षा गरेको गुनासो गरेका छन् । नया“ दिल्लीमा भएको एक अन्तरक्रियाका वक्ताहरुले दिल्ली स्थित दुतावासमा नेपालीका पीडा सुन्ने र त्यसलाई सुल्झाउन सक्ने सक्षम राजदुतको नियुक्ति हुनुपर्ने माग गरेका छन् ।
प्रवासी नेपालीले नयां दिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका सम्पुर्ण नेपालीको अभिभावकत्व निर्वाह गर्नुपर्ने दायित्व बोकेको नेपाली दुतावासले प्रभावकारी भुमिका खेल्न नसकेको आरोप लगाएका छन् । भारतस्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृृष्ण पाण्डेले भारतमा रहेका नेपाली अहिले मात्र होइन लाहुरे भन्ने शब्द सुरु हुंदाको समयबाटै पीडित बन्दै आएको बताए ।
अहिले पनि भारतीय सेनामा एक लाख बढी नेपाली रहेको बताउंदै ती सवै भारतीय पक्ष्ँबाट कुनै न कुनै रुपबाट शोषित र पीडित बन्दै आएको बताए । सुपा देउराली टुर्स एण्ड ट्राभल्सको दिल्लीस्थित कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अखिल भारत नेपाली एकता मन्चका केन्द्रीय सचिव आरबी खड्काले नेपालीका समस्याका बारेमा मिडियासमेत जानकार नहु“दा र मिडियामार्फत सम्बन्धित निकायमा पुग्न नसकेका कारण प्रवासी नेपालीको अवस्थामा परिर्वतन आउन नसकेको बताए ।
प्रवासी नेपाली संघका अध्यक्ष लोकनाथ भण्डारीले भारतमा रहेका नेपालीको संरक्षण गर्न बसेको दुतावासले प्रभावकारी भुमिका खेल्न नसकेकै कारण सवै नेपालीहरु पीडित हुनुपरेको बताए । भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको नारा सवै एक भएर पुरा गर्नुपर्ने धारणासमेत ब्यक्त गरे ।
एबीसी न्युज टेलिभिजनका अध्यक्ष तथा नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कंडेलको उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रवासी नेपालीका लागि जुनसुकै समस्यामा बैधानिक तरिकाले सहयोग गर्दै आएका कानून व्यवसायी प्रेम खड्काले भारतमा रहेका नेपालीका समस्याका बारेमा कुनै संघ सस्था वा राजनैतिक दलहरुले खासै चासो नलिएको बताए । उनले प्रवासी नेपालीका समस्याका विषयमा नेपाली मिडियाले अहिलेसम्म चुइक्कसमेत नबोलेको आरोप लगाए ।
अन्तक्र्रियाका अर्का बक्ता एभरेष्ट चेम्वर अफ कमर्सका महासचिव डा. मोहन कार्कीले नेपालका विषयमा भारतीय मिडियाले गरेको सस्तो प्रचारबाजीलाई काउन्टर गर्ने खालका कुनै पनि संयन्त्र नेपाल सरकारले निमार्ण गर्न नसकेको बताउदै उनले सरकारलाई जिम्मेवार बनाउने सवालमा नेपालस्थित मूलधारका मिडियाले महत्वपुर्ण भुमिका निमार्ण गर्नु पर्ने बताए । वक्ताहरुले दिल्लीस्थित दुतावासमा नेपालीका पीडा सुन्ने र त्यसलाई सुल्झाउनसक्ने सक्षम राजदुतको नियुक्ति हुनुपर्ने माग गरेका थिए ।
कार्यक्रममा अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सदस्य मानु श्रेष्ठ, अर्जुन दयाल, वल्र्ड गोर्खा फाउन्डेसन ट्रष्टका महासचिव घनश्याम शर्मा लगायतको उपस्थिति थियो ।
सके मात्र भारतस्थित नेपाली समुदायले भोग्नु परेको समस्या समाधान हुनेमा प्रवासी नेपालीले विश्वास व्यक्त गरेका छन् । नेपाली नागरिक रोजगारी, अध्ययन, उपचार तथा व्यापारका लागि भारतका विभिन्न स्थानमा छरिएर रहेका छन् । प्रवासी नेपालीले नेपालका मिडियाबाट र प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले नै विशेष पहल गरिदिए आफूहरु त्यहा“ रहेर नियमित रुपमा काम गर्न, व्यापार गर्न र अध्ययन गर्नसमेत सहज हुने धारणा व्यक्त गरें ।
त्यसो त स्वदेशमा नै रोजगारीको अवसर प्राप्त भए विदेशी भूमिमा जानुपर्ने बाध्यता हटेर जाने भएकाले नेपालमै लगानीको वातावरण निमार्ण गरिनुपर्ने उनीहरुको तर्क थियो ।
प्रतिक्रिया दिनुहोस्