ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनसरी हरिनगरमा विद्युत् आएपछि गाँउले खुशी


admin
आश्विन १५, २०७५ सोमबार  १० : ३० बजे

 

 

 

 

 

 इनरुवा, १५ असोज । सुनसरी हरिनगर गाउँपालिका–५ का ६० वर्षीय मधुसुदन मण्डलले आफ्नो घरमा विजुली बत्ती बाल्न पाइन्छ भन्ने विश्वास गर्नु भएको थिएन ।

उहाँलाई अरु गाउँमा विद्युत् बलेको हेर्दा आफ्नो गाउँमा पनि विद्युत् आउँछ भने आशा पनि थिएन तर उहाँको बुढेशकालमा विद्युत् बाल्ने सपना पूरा भएको छ ।

साविक सुनसरी क्षेत्र नम्बर ५ र अहिलेको सुनसरी क्षेत्र नम्बर ४ रहेको त्यो निर्वाचन क्षेत्रमा तत्कालीन प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइराला, वर्तमान उपप्रधानमन्त्री उपेन्द्र यादव, जगदीशप्रसाद कुसियैतलगायतका नेता त्यही क्षेत्रबाट विजयी भए पनि स्थानीय आवश्यक पर्ने दैनिक आवश्यक्ताबाट पनि यहाँका बासिन्दा वञ्चित हुँदै आएका थिए ।

अब त्यो क्षेत्रका स्थानीय त्यो समस्याबाट मुक्त हुन थालेको स्थानीय दौलतकुमार मण्डलको भनाइ छ । उहाँहरुको समस्याभन्दा कम थिएन स्थानीय खुशीलाल मण्डलको । उहाँले पनि आफूले कहिल्यै न देखेको विद्युत् बाल्न पाउँदा खुशी लागेको बताउनुभयो ।

यो त त्यो क्षेत्रका लागि उदाहरणका पात्र मात्र हुनुहुन्छ । उहाँहरु जस्तै १५० घर परिवारको अवस्था उस्तै थियो तर गाउँमा लामो प्रयास र सङ्घर्षपछि विद्युत् आएपछि उनीहरु त्यो समस्याबाट मुक्त भएका छन् ।

हरिनगर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणको पहलमा सो क्षेत्रमा विद्युत् सेवा शुरु भएको हो । विद्युत् आएपछि आफूहरुलाई सिँचाइ गर्न, खेतीपाती गर्न, काल कारखाना सञ्चालन गर्न सहज हुने स्थानीयको भनाइ छ ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले विद्युत् आएकाले आफूलाई पनि खुशी लागेको बताउनुहुँदै आफ्नो लक्ष्य नै अँध्यारोमा रहेको जनतालाई उज्यालो प्रदान गर्ने भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

सम्बन्धित

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com