ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालिका बचाउन सरकार कति सफल ?


admin

काठमाडौं । नेपालमा दिनहु बलात्कारका घटना दैनिक बढिरहेका छन् । नेपाली चेलीहरु कही छाउपडी प्रथाले गर्दा सर्पको डसाईबाट डसिनु परेको छ भने कही दिनदहाडै बलात्कारको सिकार बन्नु परेको छ । यतिमात्रै होइन उमेर नपुगेका बालिकाहरु बाल विवाहको जोखिममा परेका छन । यता सरकारले महिला माथि हुने हिंसा कम गर्न मुलुकी ऐनमा विवाह गर्ने उमेर २० वर्ष तोकेको छ ।

नेपालमा विवाह हुने जम्मा जनसंख्याको १० प्रतिशत वालविबाह हुने गरको तथ्या“क छ । मुलुकी अपराध (संहिता)ऐन , २०७४ को दफा १७३ को उपदफा १ अनुसार २० वर्ष नपुगी विबाह गरे ३ वर्षकैद र ३० हजार सम्म जरिवाना हुने प्रावधान छ । तर यस्ता प्रावधानहरु व्यवहारमा लागु हुन नसक्दा दैनिक रुपमा महिला हिंसाका घटना बढिरहेका छन ।

गरिबी, अशिक्षा,रुढीग्रस्त सोच, दाइजो प्रथा, लैगिंक विभेद जस्ता कारण बाल विवाह हुने कारक तत्व हुन । छिटो विवाह गर्नाले उच्च शिक्षा हासिल गर्न कठिन हुने, यौन प्रजनन् स्वास्थ्यमा असर हुने, पारिवारिक समस्या आउने जस्ता समस्या भोग्नु परिरहेको छ । यसलाइ न्युनिकरण गर्न राजधानीमा दोस्रो नेपाल बालिका सम्मेलन भएको छ । सक्षम वालिका समृद्ध नेपाल भन्ने नाराबोकेको सम्मेलनमा बढ्दो बालिका हत्या, बलात्कार र छिटो विवाह जस्ता लगायतका घटना न्यूनिकरणका लागि महत्वपूर्ण योगदान पु¥याउने लक्ष्य लिएको कार्यक्रममा सहभागीहरुको भनाइ छ ।

कार्यबाहक प्रधानमन्त्री इश्वर पोखरेलले बालिकामाथि हुने हत्या, बलात्कारजस्ता अमानवीय एवम् पाशविक घटना नियन्त्रणका लागि सरकार लागि परेको बताए । उनले बालिकामाथि भइरहेको बलात्कार, हत्या लगायतका जघन्य अपराधका घटना नियन्त्रण गरी कानुनी कार्वाही गर्न सरकार लागि परेको बताए ।

दक्षिण एसियाली देशहरु मध्य बालविवाह हुने नेपाल तेस्रो स्थानमा पर्छ । युनिसेफले सार्वजनिक गरेको प्रतिवेदन द स्टेट अफ द वल्र्डस चिल्ड्रेन, २०१६ का अनुसार नेपालमा ३७ प्रतिशतले १८ वर्ष नपुग्दै र १० प्रतिशतले १५ वर्ष नपुग्दै विवाह गर्ने तथ्यांक छ । विश्वमा बालविवाहको दर घटिरहेको अवस्थामा नेपालमा उच्च नै देखिन्छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बालिकामाथि हुने हत्या, बलात्कारलगायतका घटना न्यूनिकरणका लागि ठोस धारणा तय गर्न सम्मेलन सफल हुने बताइन । उनले परम्परागत सामन्ती सोचका कारण महिला तथा बालिका बलात्कार जस्तो जघन्य अपराधको शिकार हुनु परेको बताइन ।

शिक्षाको अभाव र बालविबाहका कारण नेपालमा बालिका माथि हत्या, बलात्कार लगायतका जघन्य अपराधका घटना घटिरहेको नायिका मनिषा कोराइलाको भनाइ छ । कोइरालाले शिक्षा र स्वास्थ्यमा विशेष जोड दिनुपर्ने आवश्यक्ता बताइन ।

महिलामाथि हुने विभिन्न अपराधका विरुद्ध ऐन कानुन बने पनि यसको कार्यान्वयन पक्ष भने फितलो देखिन्छ । ऐन कानुनको व्यवस्था कोरा कागजमा मात्रै गरेर हुदैन सम्बन्धित पक्षले व्यवहारिक रुपमा यसको कार्यान्वयन पक्षलाई मजवुत बनाउन जरुरी छ । किनकि मानवीय कुसंस्कारको कुनै पनि नारी सिकार बन्न नपरोस् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

सन् २०२५ मा ‘विध्वंसकारी सौर्य आँधी’ र अर्को ‘विश्वव्यापी महामारी’को सामना गर्नु पर्ने खतरा : इकोनोमिष्ट

कजान समिट भावी संसारको एक झलक !

डोनाल्ड ट्रम्प भन्छन् : उनले आफ्नो शत्रु सार्वजनिक गर्नेछन्, नागरिकहरू विरुद्ध  सैनिकहरूले राजनीतिको खेल खेल्छन्।

ईरानी आणविक वा तेल केन्द्रहरूमा नभई सैन्य केन्द्रहरूमा आक्रमण गर्न नेतान्यहूले अमेरिकासँग अनुमति मागे

समग्र अमेरिकी नीतिको ट्रम्पीकरण : इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com