ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेसमाथिको अंकुशले लोकतन्त्र नै खतरामा परेको छ : काँग्रेस नेता केसी


admin

बेनी, १४ असोज । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले प्रेसमाथिको हस्तक्षेपले लोकतन्त्र नै खतरामा परेको बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दीको सातौँ साधारण सभा तथा पाँचौ अधिबेशनको आईतवार बेनीमा उद्घाटन गर्दै नेता केसीले सो कुरा बताउनुभएका हो ।

वर्तमान सरकारले सामाजिक सञ्जाल नियन्त्रणको नाममा प्रेसमाथि नै अंकुश लगाउने काम गरेको भन्दै काँग्रेसका पूर्व सह–महामन्त्री समेत रहेका नेता केसीले प्रेसलाई स्वतन्त्र बनाउन दबाब दिने बताउनुभयो ।

न्यायलय माथि हस्तक्षप र प्रेसमाथिको अंकुश लोकतान्त्रिक मुल्य मान्यता विरुद्ध रहेको उल्लेख गर्दै उहाँले पत्रकारलाई स्वतन्त्र रुपमा निष्पक्ष भएर कलम चलाउने वातावरण सिर्जना गर्न सरकार गम्भिर हुनुपर्ने बताउनुभयो ।

पत्रकारीतालाई भोजन मण्डली र भजन मण्डली बनाउन सरकारले प्रेसमाथि हस्तक्षप गरेको उहाँको आरोप छ । नेपालमा पत्रकारहरु पत्रकारको भुमिकामा मात्रै नभएर लोकतान्त्रिक आन्दोलनको पहरेदार समेत रहेको नेता केसीले बताउनुभयो ।

नेता केसीले आम सञ्चार माध्ययममा नेतालाई नभई नितीलाई र व्यक्तिलाई नभएर सहि विचारलाई प्राथमिकता दिन पत्रकारहरुलाई आग्रह समेत गर्नुभयो । फरक प्रसंगमा नेता केसीले वर्तमान सरकारले जनतामाथि पटक पटक मुल्य बृद्धि गरि अन्याय गरेको बताउँदै निर्वाचनमा जनतासामु गरेका प्रतिबद्धतालाई नभुल्न सुझाब दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक मुल्य मान्यता विपरित अभिव्यक्तिहरु दिने गरेको आरोप लगाउँदै उहाँले मुलुकलाई समृद्ध बनाउने उखान टुक्कालाई व्यवहारमा कार्यान्वनय गरेर देखाउन चुनौती दिनुभयो ।

स्थानीय, प्रदेश र संघिय सरकारले करको सिमा निर्धारण नगर्दा जनतामा करको भार थपिएको बताउँदलै उहाँले करको उपयोगलाई समेत हेक्का राख्न आग्रह गर्नुभयो । मुलुकमा बलात्कारका घटना बढीरहेको तर्फ सरकारको ध्यानकर्षण गराउँदै नेता केसीले जनताको शान्ति सुरक्षा फितलो बन्नु दुखदायी रहेकोमा जोड दिनुभयो ।

सो अबसरमा प्रेस युनियन म्याग्दीद्धारा स्थापित ‘‘प्रेस युनियन पत्रकारीता पुरस्कार–०७५’’ बाट पत्रकार हरिकृष्ण गौतमलाई नगद रु ५ हजार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com