ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी र आङ्गिक क्याम्पसमा सँगै भर्ना गर्ने तयारी


admin
आश्विन १४, २०७५ आईतबार  २ : २९ बजे

चितवन, १४ असोज । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) ले आङ्गिक र निजी क्याम्पसमा भर्ना प्रक्रिया सँगसँगै अघि बढाउने तयारी गरेको छ ।
विश्वविद्यालयले आठ निजी क्याम्पसलाई दिएको सम्बन्धन मन्त्रिपरिषद्को बैठकले खारेज गरेको थियो ।

त्यसविरुद्ध निजी क्याम्पसहरूले सर्वाेच्च अदालत दायर गरेको रिट निवेदनमा उक्त निर्णय कार्यान्वयन नगर्न गरेको अन्तरिम आदेशबमोजिम उक्त विश्वविद्यालयले निजी क्याम्पसमा समेत भर्ना प्रक्रिया अगाडि बढाउनुपर्ने भएको हो ।

विश्वविद्यालयका उपकूलपति प्रा डा ईश्वरीप्रसाद ढकालले सर्वाेच्च अदालतको आदेश विश्वविद्यालयले पालना गर्ने र यसका लागि भर्ना समिति गठन गरी भर्ना प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।

विश्वविद्यालयको कार्यकारी परिषद्ले असार २० गते आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि प्राध्यापक र विद्यार्थी आन्दालनमा उत्रेका थिए ।

आन्दोलनपछि साउन १४ गते मन्त्रिपरिषद्को बैठकले विश्वविद्यालयले दिएको सम्बन्धन खारेज गर्ने निर्णय गरेकामा त्यसविरुद्ध निजी क्याम्पस गत साउन ३१ गते सर्वाेच्च अदालत पुगेका थिए । भदौ १ गते सर्वाेच्चले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएकामा भदौ १२ गते उक्त आदेशलाई निरन्तरता दिएको थियो ।

विश्वविद्यालयले कृषि स्नातकमा पूर्वाञ्चल कृषि क्याम्पस झापा, जीविका कृषि सहकारी संस्था इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, हिमछायाँ कलेज गैँडाकोट, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज नवलपरासी, गोर्खा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टर कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेतलाई सम्बन्धन दिएको थियो । यस्तै वनको सम्बन्धन पाउनेमा सिद्धान्त कलेज गैँडाकोट पनि छ ।

यसैबीच सरकारको निर्णय विश्वविद्यालयले कार्यान्वयन नगरी निजीलाई सम्बन्धन दिने शृङ्खलावद्ध गतिविधिको विरोधमा विश्वविद्यालयको परीक्षा र शैक्षिक कार्यक्रमबाहेक सम्पूर्ण कामकारवाही बन्द गरिएको विद्यार्थी सङ्गठनले जनाएका छन् । ती सङ्गठनले शुक्रबार विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि विश्वविद्यालयको नियमित कामकाज प्रभावित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com